आज देखि कोरोना परिक्षण र उपचारको सम्पुर्ण खर्च सरकारले नब्योहोर्ने भएकोछ, ताली या गालि ?
2020, October 18th, Sunday

admin

काठमाण्डौं । सरकारले अब कोरोना संक्रमितको उपचार खर्च र परीक्षण शुल्क नागरिक आफैले व्यहोर्नु पर्ने निर्णय दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णयअनुसार अब अग्रपङ्तिमा खटिएकाहरूको परीक्षण र उपचार मात्रै सरकारले गर्ने छ ।

बाँकी नागरिकले परीक्षण शुल्क र उपचार खर्च आफैले व्यहोर्नु पर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।विपन्न वर्ग तथा अति अशक्तको कोरोना परीक्षण तथा उपचार भने सरकारले गर्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। यस अघि भने कोरोना परीक्षण र उपचार सबैको निशुल्क हुँदै आएको थियो ।

अग्रपक्तिमा खटिएकाहरुको पनि बीमा गरेको अवस्थामा बीमाबाट कटाउने प्रवक्ता गौतमले जानकारी दिए ।
यो आजैदेखि भर्ना तथा परीक्षण हुनेमा सबै किसिमका सरकारी तथा गैरसरकारी अस्पताल र प्रयोगशालामा लागू हुने पनि मन्त्रालयले जनाएको छ ।

यसले आर्थिक जोखिममा परीरहेका नागरिकहरुमाथि थप समस्या आउन सक्ने चिन्ता शुरु भएको छ । मिर्मिरे खबर बाट

तपाईको प्रतिक्रिया