“कोरोनाको तेस्रो लहरले बालबालिका,लाई प्रभाव पार्छ भन्नु गलत अनुमान हो, कुन समुह बढी,ख’तरामा छ ? डा शेरबहादुर पुन (भिडियो हेर्नुस)”
2021, June 29th, Tuesday

हाम्रोखबर संवाददाता

“काठमाडौ । भारत, अष्ट्रेलिया लगायतका केही देशमा अत्याधिक संक्रामक रहेको भनिएको महामारीको तेस्रो लहरले प्रभाव देखाइसकेको छ । कोरोनाको तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने र यो बढी संक्रामक हुने बताइदै आएको छ ।

“तर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिर्सच युनिटका प्रमुख डाक्टर शेरबहादुर पुनले भने यो कुरामा सत्यता नभएको बताएका छन् ।

“उनले भाइरसले कुन उमेर समुहलाई प्रभाव पार्छ भनेर पहिले नै अनुमान गर्न नसकिने बताएका छन् । यद्धपी सचेत भने रहनुपर्ने उनको भनाई छ । नेपालमा आएको पहिलो महामारीमा बढी उमेर समुहका र अन्य रोगको औषधी सेवन गरेकाहरु बढी प्रभावित भएका थिए ।

“दोस्रो लहरमा युवा वर्ग बढी प्रभावित भए । अब आउने महामारीले बालबालिकालाई बढी प्रभाव पार्ने भन्दै समाचारहरु सार्वजनिक भएका छन् ।

“मेडिकलविज्ञहरुले अध्ययन अनुसन्धान गरेपनि भाइरसका कुन भेरियन्टले कुन उमेर समूहलाई असर पार्छ भन्ने कुरा अहिलेसम्म पुष्टि नभएकका कारण अहिले नै तेस्रो लहरले बालबालिकालाई प्रभाव पार्छ भन्न नसकिने उनको तर्क छ । सुत्र टिभीका लागि दिएको अन्तरवार्तामा उनले यस्तो बताएका हुन् ।

तपाईको प्रतिक्रिया