हाम्रोखबर संवाददाता 435 Views
“काडमाडौं । दक्षिणकाली मन्दिर परिसरमा शव फेला परेकी सन्तोषी सुब्बाको मृत्यु घटनामा अनुसन्धानका लागि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उनी गर्भवती भएको प्रारम्भिक अनुमान अनुसार सन्तोषी कसैसंगको प्रेममा भएको हुनुपर्ने र विवाहको कुरालाई लिएर विवाद पछि घटना भएको हुनसक्ने अनुमान पनि गरिएको छ ।
“उनको शव हेर्दै अत्यास लाग्दो अवस्थामा फेला परेको थियो । नेपाल प्रहरीको महानगरीय अ प राध अनुसन्धान महाशाखाका अनुसार राजधानीको बौद्ध क्षेत्रबाट एक जनालाई पक्राउ गरिएको हो। उनलाई प्रहरीले विहिवार सार्वजनिक गर्ने जनाएको छ । सो क्षेत्रमा च्याउ खोज्न गएकाहरुले सन्तोषीको शव देखेर प्रहरीलाई खबर गरेका थिए ।
“स्थानीय महिलाले मंगलवार सन्तोषीको शव देखेका हुन् । काठमाडौं-७ कालोपुलस्थित गुरूङ बस्तीमा बस्ने धनबहादुर तामाङले सन्तोषी सुब्बालाई १८ वर्षअघि चाबहिलमा भेटेका थिए। उनले सन्तोषीलाई छोरी बनाएर राखेका थिए । उनले करिब ९ वर्षको उमेर देखि उनलाई राखेका थिए । वुवाले सौतेनी आमा ल्याएपछि आफु घर छोडेर हिँडेको सन्तोषीले आफुलाई बताएको धनबहादुरको भनाई छ । श्रीमतीले छोडेपछि एक्लै एका धनबहादुरले उनैलाई छोरी मानेर बसेका थिए ।
“उनलाई चरा, बन्यजन्तु प्रति निकै माया र चासो थियो । सन्तोषीको बाल्यकाल त्यसरी नै बित्यो। चार पाँच वर्षअघिबाट भने जनावरहरूको आवाज दुरुस्तै निकालेर सुनाउन थालेपछि वरपरका मान्छेहरू छक्क पर्न थाले। एक कान(दुई कान गर्दै सन्तोषीको कला युट्युबरहरूको कानमा पुग्यो। उनी युट्युबमा छाउन थालिन्। तिनै धर्मपुत्री छोरी असार ५ गते अचानक हराएकी थिइन् । उनको शव फेला परेको खबरले धनबहादुर पनि सहारा विहिन भएका छन् । बिहान सबेरैदेखि चप्पल डुलाएर हिँड्ने धनबहादुरले पनि सन्तोषीको बारेमा विस्तृत ख्याल राख्न छोडेका रहेछन्।
“प्रहरीले सन्तोषीले बोक्ने गरेको मोबाइल नम्बर पत्ता लगाएर अनुसन्धान गरिरहेको छ। प्रहरीले उनको घटना योजनावद्ध भएको निष्कर्ष निकालेको छ । केही ब्यक्तिहरुलाई निगरानीमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाउको छ । घटनास्थलमा सन्तोषीका भित्रि वस्त्र यत्रतत्र थिए । शरिरमा पनि विभिन्न स्थानमा चो ट थियो । हेर्नुहोस तलको भिडियोमा”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)