“नर्भिक अस्पतालमा,उपचाररत अर्का बरिस्ठ ब्याक्तिको नि,धन”
2021, June 24th, Thursday

हाम्रो खबर संबाद दाता

“नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठको निधन भएको छ । नर्भिक अस्पतालमा उपचाररत श्रेष्ठको बिहीबार दिउँसो साढे एक बजे निधन भएको संघका महासचिव अमुलकाजी तुलाधरले बताए । कोभिड संक्रमणपछि लामो समयदेखि श्रेष्ठ उपचाररत थिए ।”

“कोभिड संक्रमणका पुष्टि भएपछि वैशाख २३ गते अस्पताल भर्ना भएका श्रेष्ठको पछिल्लो समय कोभिड रिपोर्ट नेगेटिभ आए पनि उनी अस्वस्थ नै रहेको तुलाधरले जानकारी दिए । ‘

“कोभिडका कारण झण्डै डेढ महिना उहाँ अस्पताल बस्नु भयो, तर पछि रिपोर्ट नोगेटिभ आए पनि शरीरका महत्वपूर्ण अंगले काम गर्न छोडेको जानकारी अस्पतालले गराएको छ,’ महासचिव तुलाधरले भने ।

“२०७५ सालमा नेपाल खुदा व्यापार संघको अध्यक्षमा निर्वाचित भएका श्रेष्ठ २०३६ सालमा संघ स्थापना गर्ने मध्येका एक संस्थापक सदस्य थिए ।

“भक्तपुरको बोडे स्थायी घर भएका उनी पछिल्लो समय परिवारकासाथ डिल्ली बजार बस्दै आएका थिए । श्रेष्ठको परिवारमा पत्नी, दुई छोरा र एक छोरी छन् । उनको आजै अन्त्यष्टि गरिएको छ ।

तपाईको प्रतिक्रिया