हाम्रोखबर संवाददाता 522 Views
“लन्डन । बेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अङ्कित रेल सञ्चालनमा आएको छ । गत वर्ष नै बेलायतको ग्रेट वेस्टर्न रेलवे सेवाले बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) पाउनुभएका भूतपूर्व गोर्खा सैनिक पुनको नाम अङ्कित एक रेल सञ्चालन गर्ने जनाएको थियो ।”
“लण्डनको प्याडिङ्टन रेलवे स्टेशनमा बुधबार बिहान एक समारोहबीच रेलवे सञ्चालक ग्रेट वेस्टर्न रेलवेले भिसी पुनको नाममा एक रेल सेवाको नामकरण गरी सञ्चालन गरेको हो । बिहान १० बजे शुरु भएको उक्त समारोहमा लामो समयदेखि भूपू गोरखा सैनिकका हक हितका लागि सङ्घर्षरत बेलायतकी चर्चित नायिका जोअना लुम्ले पनि सहभागी हुनुहुन्थ्यो । लुम्लेका पिता जेम्स रुथफोर्ड लुम्ले पनि तुलबहादुरसँगैको बटालियनमा कार्यरत हुनुहुन्थ्यो ।”
“आफू सानै छँदा भिसी पुनलाई भेट्दा आफ्ना बाबाको हालखबर सोध्नुभएको र त्यो बेला आफूले बाबा गुमाइसकेको बताउँदा ‘अब तिमी मेरी छोरीसरह नै हौ’ भनेर आफूलाई परिवारकै सदस्यको दर्जामा राखेको भावनात्मक भनाइले मन छोएको कहिलै भुल्न नसकेको नायिका लुम्लेले बताउनुभएको गैरआवसीय नेपाली सङ्घ यूकेका पूर्वअध्यक्ष योगकुमार फगामीले बताउनुभयो ।”
“कार्यक्रममा भिसी पुनका सुपुत्र अर्जुन तिलिजा र छोरी मेघकुमारी पुनसहित केही नेपालीको उपस्थिति थियो । भिसी पुनले भिक्टोरिया क्रस प्राप्त गरेको दिनको अवसरमा भएको उक्त कार्यक्रममा नेपाली समाजका धर्म तमाङ, ज्ञानराज राई, कृष्णबहादुर राई, धन गुरुङ, मनीकुमार राई र ग्यारी घलेको उपस्थित थियो ।”
“व्यक्तिगत रूपमा तुलबहादुर पुनलाई सम्मान गरेको मात्र नभई यसले नेपाल र नेपालीले गौरव गर्नुपर्ने कार्य भएको फगामीले बताउनुभयो । बेलायतले नेपालप्रति गरेको सम्मानका रूपमा पनि हेरेको उहाँको भनाइ थियो । उहाँले यति राम्रो र उल्लेखनीय कार्य हुँदा यहाँका कुनै सरकारी निकायका प्रतिनिधि तथा भूपू गोर्खाका सङ्गठनका प्रतिनिधि र नेपाली सङ्घसंस्थाका प्रतिनिधिलाई समेत सामेल गराउन सकेको भए अझै सुनमा सुगन्ध हुने बताउनुभयो ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)