कोरोना सन्क्रमित राप्रपाका अध्यक्ष कोमल थापालाई आइसियुमा भर्ना,शिघ्र स्वस्थ लाभको कामना,
2020, October 18th, Sunday

admin

कोरोना संक्रमण भएर शुरुमा सामान्य सामान्य भनिएका रापपा अध्यक्ष कमल थापा पछि टाउको दुख्ने, ज्वरो आउने र सास फेर्न गाह्रो हुन थाले पछि ओम अस्पतालमा भर्ना भएका छन् ।

शनिबार भर्ना भएका थापालाई आईसियुमा राखेर उपचार भईरहेको अस्पतालले जनाएको छ ।

उनको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर सिनियर कन्सल्टट्यान्ट फिजिसियन डा.विश्वनाथ कोईराला, सिनियर कन्सल्ट्यान्ट पल्मोनोजोलिष्ट डा.सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा.प्रमेश सुन्दर श्रेष्ठ लगायतको टोली संलग्न रहेको अस्पतालले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । गत बुधबार थापा संक्रमित भएका थिए ।
मिर्मिरे खबर बाट

तपाईको प्रतिक्रिया