“चर्चित दोहोरी गायिका ज्योति मगरको, काठमाडौंमा भव्य घर र लग्जरी कार, भन्छिन : घरज्वाँई बस्ने केटा खोज्दै छु तर ……
2021, June 21st, Monday

हाम्रोखबर संवाददाता

“काठमाडौं । चर्चित लोक तथा दोहोरी गायिका तथा मोडल ज्योति मगरले काठमाडौंमा भव्य घर बनाएकी छिन् । कलाकारिता बाटै उनले काठमाडौंमा घर बनाएको कुरा पहिले नै बताएकी थिइन् ।”

“कोरोना महामारी शुरु भन्दा पहिले नै बनाइसकेको घरमा हाल उनी बस्दै आएकी छिन् । विकट गाउँ रोल्पामा जन्मेर काठमाडौंमा संघर्ष गर्दै आफूले घर बनाएको कुरामा उनी गौरव गर्छिन् । काठमाडौंको कोटेश्वरमा उनले तीन तलाको भव्य विशाल घर बनाएकी छन् ।”

“अविवाहित गायिका मगरले अब बिहे गर्ने इच्छा पनि प्रकट गरेकी छन् । उनले आफुले घरज्वाँई बस्ने दुलाह खोजिरहेको तर मन मिल्ने मान्छे नपाएको पनि उल्लेख गरिन् ।रमाइलो गर्दै उनले भनिन् घर भैसक्यो अब घरजम गर्ने तयारीमा छु ।”

“ज्योती मगर विशेषगरी उनका गीत र भिडियो अनि समय समयमा दिने बयानका कारण प्रायः चर्चामा रहने गर्छन् । नेपाली समाजले उनका धेरै गीतहरूलाई पाच्य मान्दैन । दशकभन्दा लामो समयदेखि कलाकारीतामा सक्रिय उनले नाम र दाम दुवै कमाएकी छन् । पछिल्लो समयमा उनले आफ्ना गीतहरुमा केही परिवर्तनहरू देखाउन थालेको देख्न सकिन्छ ।”

“शुरुवातमा उत्ताउला र उच्छृंखल हुने गीतहरू अहिले अलिकति सुधार भएको हुन सक्ने धेरैको बुझाई रहेको छ । उनको घरमा उनका दिदीका छोरा पनि बस्दै आएका छन् । उनीसँग आफ्नै लग्जरी कारपनि छ । उनको शौखिन जीवनशैली निक्कै लोभलाग्दो छ । अरु कालाकारको अवस्था हेर्दा र ज्योतिलाई नियाल्दा उनले आकाश, पाताल हुनेगरी आर्थिक रुपमा सम्पन्नता ल्याएकी छिन् ।”

तपाईको प्रतिक्रिया