“किन अचानक माओवादी,ले किन गर्यो केन्द्र देखि स्थानिय तहसम्मका,यति धेरै नेतालाई कारवाही ?
2021, June 21st, Monday

हाम्रो खबर संबाद दाता

“काठमाडौ । नेकपा (माओवादी केन्द्र) ले केन्द्र देखि स्थानिय तह सम्मका नेताहरुलाई एकैपटक कारवाहीको निर्णय गरेको छ । माओवादी केन्द्र छोडेर अन्यत्र लागेकाहरुलाई माओवादीले कारवाही गरेको हो । सोमवार बसेको आकस्मिक बैठकवाट कारवाही गर्ने निर्णय गरेको बताइएको छ । सोमवार सो पार्टीको भर्चुअल बैठक बसेको थियो ।

“बैठकले केन्द्रीय सदस्य, प्रदेश सांसद र स्थानीय तहमा पार्टीको तर्फबाट निर्वाचन जितेर पार्टी परित्याग गरेकालाई कारबाही गरेको हो। पार्टी छोडेकाहरूलाई कारबाही गरेको पत्र माओवादी केन्द्रले निर्वाचन आयोगमा पठाएको थियो। तर कारबाहीको अनुमोदन र केन्द्रीय समितिको माइन्युट आयोगमा माओवादीले बुझाएको थिएन। केन्द्रीय समितिले अनुमोदन गरेसँगै माओवादी केन्द्रीले विवरण अद्यावधिक गर्न आयोगमा पठाउने छ।

“यस अघि माओवादी छेडेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएका पूर्व माओवादी नेताहरु आफुहरुको बारेमा माओवादीले कारवाही गर्दा के आरोप लगाएको छ भनेर बुझ्न शुक्रवार निर्वाचन आयोग पुगेका थिए । उनीहरुलाई माओवादी केन्द्रको केन्द्रीय समितिवाट हटाएको देखिएन । एमालेमा भने उनीहरुको नाम थिएन ।

“आजको बैठकले कारबाहीलाई अनुमोदन गरेको केन्द्रीय सदस्य हरि दाहालले बताएका छन् । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयीक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरेका थिए। माओवादी केन्द्रबाट चुनाव जितेका र पछि एमाले प्रवेश गरेका १४ जना जनप्रतिनिधि छन् ।

“यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही अधिकारअनुसार माओवादी केन्द्रले निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको थियो । तर, आयोगले केन्द्रीय समितिको बैठकले कारबाहीको निर्णय नभएको भन्दै दल त्यागको सूचना जारी गरेको थिएन ।

तपाईको प्रतिक्रिया