“आफू लाई सामाजिक अभियान्ता बताउने ज्वाला संग्रौला, शर्मिला वाइवासहित,तीनजना प्रहरी हिरासतमा”
2021, June 20th, Sunday

हाम्रो खबर संबाद दाता

“काठमाडौं । प्रहरीले ज्वाला संग्रौलासहित तीनजनालाई पक्राउ गरी हिरासतमा लिएको छ । युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएर अनुसन्धान थालेको हो ।”

“प,क्राउ पर्नेमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा रहेका छन् । महानगरीय प्रहरी परिसर टेकुका एसपी रमेश बस्नेतले तीनजनालाई नियन्त्रणमा लिइ मुद्दा चलाउने तयारी गरिएको बताए ।”

“उनीहरुमाथि कु’ट’पि’ट, अ’भ’द्र व्य’वहार तथा प्रहरीमाथि समेत हा’त’पा’त गरेको अभियोग छ खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आ’क्र’म’ण गरेको थियो ।”

“त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी गरेकी थिइन् । प्रहरीले आज खुस्बु र ज्वालाको समूहलाई छलफलका लागि बोलाएको थियो । त्यही क्रममा प्रहरीले तीनजनालाई हिरासतमा लिएको हो ।”

तपाईको प्रतिक्रिया