वीरगञ्ज स्थित २३ किलो अबैध सुन बरामद गरि चर्चामा, एक मात्र महिला एसएसपि गंगा पन्त,हेर्नुहोस
2020, October 17th, Saturday

admin

वीरगञ्ज : चितवनमा जान रोक्किएपछि पर्सा सरुवा भएकी एसपी गंगा पन्तले आफ्नो एकपछि अर्को खुबी देखाइरहेकी छिन् । उनले महिलाले पनि दरिलो गरी कमाण्ड गर्छन् भनी प्रमाणित गरेकी छिन् ।

वीरगञ्जमा अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निभाउँदै आएकी उनले आज २३ किलो अ’वैध सुन बरामद गर्न भूमिका खेलिन् । वीरगञ्ज महानगरपालिका ५ स्थित गणेश अर्पाटमेन्टबाट विशेष सूचनाको आधारमा सुन बरामद भएको हो । सुन बरा’मद भएपछि देशव्यापी चर्चा पाएको छ । सुनको बजार मूल्य १५ करोडभन्दा बढी पर्न आउँछ ।

पर्सा सरुवा भएपछि गंगा पन्तले कालोबजारी, तस्करी नियन्त्रणमा प्रहरीलाई महत्वपूर्ण उपलब्धि हासिल गराउन सफल भएकी छिन् । पन्तले विगतमा इन्स्पेक्टर र डिएसपी भएर इञ्चा’र्ज चलाएर चर्चा कमाएकी थिइन् ।

तपाईको प्रतिक्रिया