“चौकीमै गएर प्रहरी अधिकृत थर्काउने, ज्वाला संग्रौला भन्छिन्, ‘उस्तै परे बर्दि पनि थुतिन्छ’
2021, June 18th, Friday

हाम्रो खबर संबाद दाता

“यस अघि प्रहरी चौकीमा गएर प्रहरीलाई नै हप्की दप्की गरेको भिडियोमा बोल्ने सामाजिक अभियन्ता दावी गर्ने ज्वाला संग्रौला र शर्मिला वाइबा भएको खुलेको छ । यतिमात्र होइन, उनले तुरुन्तै सरुवा गरिदिन्छु भनेका प्रहरी सहायक निरिक्षक मणिकान्त झा को पनि महाराजगञ्जबाट रामशाह पथ सरुवा भै सकेको छ ।”

“ज्वाला संग्रौला फेसबुकमा लेख्छिन्, ‘आजभन्दा झण्डै २ महिना अगाडि राहत लिएर बाटोमा हिड्ने क्रममा ड्युटीमा खटिएका एक प्रहरीले परिचयपत्र हुदाहुदै पनि अनावस्यक दुख दिएर मुख छोडेका थिए । पछि हामीले रास्ट्रको सेवक भएर किन मुख छोड्नु हुन्छ, तपाईको कर्तब्य पुरा गर्नुस् भनेपछि म ….. हुं अब म देखाईदिन्छु तिमीहरुलाइ भनेपछि हामीले जबाफ खोजेका थियौं ।”

“जनताको सेवा गर्न खटिएकोले नागरिकलाइ देखाईदिन्छु र तह लगाउछु भन्छ भने त्यस्लाइ नागरिकले सरुवा गर्ने मात्र हैन बर्दी थु त्ने पनि दम राख्छ किनकी प्रहरी जनताको साथी हो, देखाईदिन्छु र चिनाईदिन्छु भनेर धम्की दिने गु ण्डा हैन । अहिले पार्टीका हनुमाने चाटुकार र छाडा छोडेका कार्यकर्ताहरु बीचको ३० सेकेण्डको भिडियो कुदाएर मनोरन्जन लिदै रहेछन् । कम्ता पिर छैन झोलेहरुलाइ हामीले राम्रो काम गरेकोमा ।’

“ज्वालाले २ महिना अघिको घटना भनेपनि भिडियो भने हालै सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त भिडियोमा दुईले प्रहरी कार्यालयमै गएर रंगभेदी ब्यवहार गर्दै बिभिन्न धम्की दिएको देखिन्छ । यस्तो ब्यवहार गर्नेहरुमा आफूलाई सामाजिक अभियन्ता भन्ने ज्वाला संग्रौला, सर्मिला वाइवा लगायतका हुन् ।”

“जसले ट्राफिक असई मणिकान्त झालाई मधेसी भन्दै रंगभेदी ब्यवहार गरेको र उनको सरुवा गराईदिने धम्की दिएको भिडियोमा सुन्न सकिन्छ । उनीहरु लकडाउनमा सवारी पास, लाइसेन्स नलिइकन हिँडेका थिए । प्रहरीले उक्त कागजाद माग्दा उल्टै प्रहरीलाई त्यस्तो ब्यवहार गरेको बुझिएको छ ।”

तपाईको प्रतिक्रिया