हाम्रोखबर संवाददाता 674 Views
“बीबीसी । भारतको हरिद्वारमा गत एप्रिल महिनामा कुम्भमेलामा सहभागी भएकाहरु लाखौं संक्रमित भएको रिपोर्ट सार्वजनिक भएको थियो । तर कुम्भमेला आयोजित हुँदा गरिएका एक लाख वटाभन्दा बढी परीक्षणमा नक्कली नाम, मोबाइल नम्बर र ठेगाना उल्लेख भएको पाइएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।”
“त्यतिबेला राज्य सरकारले मेलामा सहभागी हुन गएका मानिसको परीक्षण गर्न निजी प्रयोगशालाहरूलाई जिम्मा दिएको थियो। महामारीको दोस्रो लहर सुरु भएको बेला उक्त मेला आयोजना गर्न दिएको भन्दै उत्तराखण्ड सरकारको चर्को आलोचना भएको थियो।”
“विभिन्न राज्यबाट प्राप्त विवरणअनुसार हरिद्वारबाट फर्किएका धेरै मानिसमा सङ्क्रमण देखिएको थियो। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल पनि संक्रमित भएका थिए ।नेपालका पूर्वराजा ज्ञानेन्द्र पनि कुम्भमेलामा सहभागी भएका थिए। दिल्ली हुँदै नेपाल फर्किएपछि उनमा र पूर्वरानी कोमलमा कोभिड पुष्टि भएको थियो।”
“सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेर भारतका विभिन्न स्थानमा अक्सिजन र अस्पतालको शय्या अभाव भएको बेला हजारौँ मानिसहरू मास्क नलगाईकन कुम्भमेलामा सहभागी भएका थिए। हरिद्वारमा गएको एप्रिलमा कुम्भमेलाका लागि ९० लाख भन्दा बढी मानिसहरूले भाग लिएका थिए हरिद्वारमा आयोजित कुम्भमेलामा ९० लाख जनाभन्दा बढी सहभागी भएको बताइन्छ
“त्यतिबेला अधिकारीहरूले प्रत्येक व्यक्तिको को भिड परीक्षण गर्ने बताएका थिए। त्यसका लागि हरियाणा र दिल्लीस्थित प्रयोगशालालाई अधिकांश परीक्षण गर्ने जिम्मा दिइएको थियो।”
“तर गत साता प्रकाशित विवरणहरूका अनुसार ती प्रयोगशालाले आफ्नो दैनिक कोटाअनुसार परीक्षण गरिएको देखाउन कोभिड परीक्षणको नक्कली प्रतिवेदन दिएको अधिकारीहरूले बताएका छन्। सयौँ प्रतिवेदनमा उही फोन नम्बर र ठेगाना प्रयोग भएको पाइएको थियो।
ूकुम्भमेलाका बेला पाँच ठाउँमा परीक्षण गरेका दिल्ली र हरियाणाका प्रयोगशालाविरुद्ध मुद्दा दर्ता गर्न निर्देशन दिइएको छ,ू उत्तराखण्ड सरकारका प्रवक्ता सुबोध उनियालले समाचारसंस्था एएनआईलाई बताए।”
“कुम्भमेलामा सहभागी हुन भारतका विभिन्न स्थानबाट लाखौँ मानिसहरू जान्छन्। विज्ञहरूले यो वर्ष उक्त मेला स्थगित गर्न मार्च महिनामै सुझाव दिएका थिए।
“तर सरकारले त्यसो गरेन। भारतको अर्को राज्य बिहारमा पनि कोभिड परीक्षणको नक्कली प्रतिवेदनबारे कुरा उठेको छ। त्यहाँ प्राथमिक स्वास्थ्य केन्द्रहरूले तथ्याङ्क तलमाथि गरेको आरोप छ।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)