“देउवा,को रणनीतिः आफ्नै नेतृत्वको सरकार,को पालामा चुनाव”
2021, June 17th, Thursday

हाम्रोखबर संवाददाता

“काठमाडौं, ३ असार । प्रतिनिधि सभा विघटनसम्बन्धी रिट संवैधानिक इजलासले किनारा नलगाएसम्म देश चुनावमा जाने हो या होइन टुंगो लाग्ने छैन । अहिलेसम्मको अवस्थामा कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधि सभाको निर्वाचन तोकिएको छ ।”

“सर्वोच्च अदालतमा १४६ सांसदले प्रतिनिधि सभा विघटनको कदमविरुद्ध रिट दर्ता गरेका छन् । २६७ प्रतिनिधि सभाका कुल सांसदमध्ये बहुमत सदस्य प्रतिनिधि सभा विघटनको विपक्षमा छन् । तर, पार्टीगत हिसाबले, यसमा मत विभाजित छ ।”

“नेकपा एमालेका १२१ मध्ये २३ सांसद प्रतिनिधि सभा विघटनविरुद्ध रिट दर्ता गर्नेमा छन् । जसपाको उपेन्द्र यादव पक्षधर ३२ मध्ये १२ ले रिटमा हस्ताक्षर गरेका छन् । नेपाली काँग्रेसका ६१ र नेकपा माओवादी केन्द्रका ४९, राष्ट्रिय जनमोर्चाका १ सांसद हस्ताक्षरकर्ता छन् । राप्रपा र नेमकिपाको एक एक सांसद छन् । दुवै दल तटस्थ जस्तै देखिएका छन् ।”

“रिट दर्ता सत्ता संघर्षको रणनीतिक कदम हो । चुनाव छिटो होस् भन्ने पक्षमा सबैभन्दा बढी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा छन् । उनले गत वर्ष नै चुनावको रटान लगाएका थिए । सार्वजनिक कार्यक्रममै चुनाव चुनाव चुनाव भनेका थिए । कार्यकर्तालाई चुनावका लागि तयार हुन भनेका थिए । देउवानिकट नेता एनपी साउदले ,पनि अर्ली इलेक्शनको पक्षमा अभिव्यक्ति दिएका थिए ।”

“काँग्रेसभित्रको रामचन्द्र पौडेल खेमा भने अर्ली इलेक्शनको विरोधमा देखिदै आएको थियो । पौडेल खेमाले पहिलोपटकको प्रतिनिधि सभा विघटनको कदमको पनि विरोध गरेको थियो । त्यतिबेला देउवा विघटनको पक्षमा अप्रत्यक्ष रुपमा देखिएका थिए ।”

“नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा पहिले पनि देखिएका थिए अहिले पनि छन् । उनी चुनावको पक्षमा अहिले देखिएका छैनन् ।”

“देशमा प्रतिनिधि सभा विघटनको पक्ष या विपक्षमा ध्रुवीकरण भएपनि भित्री रुपमा चुनाव चाहनेमा शेरबहादुर देउवा सबैभन्दा अगाडि छन् । तर, उनी आफ्नै नेतृत्वको सरकारबाट चुनाव गराउन चाहन्छन् ।”

“एमाले र जसपा विभाजित अवस्थामा हुनु, कम्युनिस्टहरुबीच अनेकता हुनुले देउवा उत्साही भएका हुन् । उनी यही मौकामा आफ्नो नेतृत्वमा चुनाव गरेर बाजी मार्न खोजिरहेका, छन् । प्रधानमन्त्री बन्न सकेमा महाधिवेशनबाट फेरि सभापति बन्न सकिने र चुनाव पनि आफ्नै नेतृत्वको सरकारबाट गर्न सकिने बुझाई देउवामा देखिएको छ ।”

“चुनावबाट विपक्षीलाई धक्का दिने रणनीति ओलीमा पनि छ । एमालेभित्र एकल पकड बनाइसकेको र विपक्षीलाई हायलकायल पारेर चुनावमा धक्का दिने उनको रणनीति देखिएको छ । त्यसका लागि उनले राजनीतिलाई तरंगित पार्ने एजेन्डा समेत प्रस्तुत गर्न सक्ने देखिदैछ ।”

तपाईको प्रतिक्रिया