“कर तिर्ने समयसीमा असार २५ सम्म, नतिरे के हुन्छ? आयो यस्तो सूचना “
2021, June 17th, Thursday

हाम्रो खबर संबाद दाता

“काठमाडौं, असार २ गते । सरकारले कर तिर्नको लागि समयसीमा तोकेको छ । आन्तरिक राजस्व विभागले जारी गरेको सूचना अनुअसार २५ गतेसम्म कर तिर्ने समयसीमा तोकिएको छ ।

“२०७७ चैत र ०७८ को वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर वितरण र कर दाखिला यही असार २५ सम्म गरिसक्नुपर्ने विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।”

“यो पनि :खोजी, उद्धारमा जुट्न अध्यक्ष दाहालको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी पहिरामा परी हराइरहेका नागरिकको खोजी, उद्धार तथा राहतका लागि सरकारसँग आग्रह गर्नुभएको छ ।,

“अध्यक्ष दाहालले आज एक विज्ञप्तिमार्फत पीडितको तत्काल उद्धार, राहतमा जुट्न र राहतलाई प्रभावकारी बनाउन सरकारसँग विशेष आग्रह गर्नुभएको हो । उहाँले बाढी पहिरो प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा खट्नका लागि पार्टीको सम्पूर्ण पङ्क्तिलाई एकीकृृत रूपमा परिचालित हुनसमेत आग्रह गर्नुभएको छ ।”

“यस्तै, अध्यक्ष दाहालले विपद्मा परेर ज्यान गुमाएका परिवारलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न, बेपत्ताको खोजी गर्न तथा घाइतेको निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्नसमेत माग गर्नुभएको छ ।”

“मौसमविद्को पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरुको अनुभव समेतको बेवास्ता गर्ने सरकारी रबैयाका कारण पनि जनधनको क्षति भएको अध्यक्ष दाहालको भनाइ छ । यस्तै, माओवादी केन्द्रको सहायक सङ्गठन वाइसिएल नेपालले समेत बाढी पहिरो प्रभावितको खोज, उद्धार र राहतमा जुट्न कार्यकर्तालाई निर्देशन दिएको छ ।”

“वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुबोधराज शेर्पालीले जारी गर्नुभएको विज्ञप्तिमा खोज, उद्धार र राहत कार्यमा जुट्न आग्रह गरिएको छ ।”

तपाईको प्रतिक्रिया