“मन्त्री बनेपछि पहिलो,पटक जिल्लामा पुगे मन्त्री अगरिया, गरियो भब्य स्वागत”
2021, June 16th, Wednesday

हाम्रो खबर संबाद दाता

“काठमाडौ । मन्त्री भएपछि पहिलो पटक जिल्ला पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियालाई गृहजिल्ला धनुषामा भव्य स्वागत गरिएको छ । उनी मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला पुगेका हुन् ।”

“स्वास्थ्य सामग्री लिएर पुगेका उनलाई स्थानियले भव्य स्वागत गरेका छन् ।अरगरियालाई प्रादेशिक राजधानी जनकपुरमा युवा नेता, कार्यकर्ता र जनताले भव्य स्वागत गरेका हुन् ।”

“जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने निर्णय उनले मन्त्री भए लगत्तै गरेका छन् । उनको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने निर्णयबाट यस क्षेत्रका जनता खुसी छन् । आज मन्त्री आउँदा उनीहरु स्वागतमा आएका हुन् ।”

मन्त्री अरगरियाले आफ्नै पहलमा प्रादेशिक अस्पताल जनकपुरलाई थप भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर र आईसीयूमा चाहिने उपकरणहरु उपलब्ध गराउँदै छन् । भोलि विहीवार स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया