“मौसम, पुर्वाअनुमानले,जानकारी दिदा दिदै पनि समयमै पूर्व तयारी गर्न नसक्दा ठुलो क्षति भइरहेको छ : गगन थापा”
2021, June 16th, Wednesday

हाम्रोखबर संवाददाता

काठमाडौं, २ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री गगन कुमार थापाले विपद जानकारी दिएर नआउने तर समयमै पूर्वतयार गर्न नसक्दा मुलुकले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोरिरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो टिप्पणी गरेका छन् ।

उनले भनेका छन्–‘कोरोना महामारीले आक्रान्त पारिरहेकै बेला अस्तिदेखिको वर्षाका कारण वाढी पहिरोले समेत जनजीवन अस्तव्यस्त वनाइरहेको छ।विभिन्न ठाउमा जनधनको क्षति भएका खवर आएका छन,जोखिमयुक्त ठाउँको जनजीवन त्राहिमान वनेको छ।विपद जानकारी दिएर आउदैन तर समयमै पूर्व तयारी गर्न नसक्दा ठुलो क्षति भइरहेको छ ।’

उनले बाढि/पहिरोले प्रभावित स्थानमा अबिलम्ब उद्दार,खोजी,उपचार,पुनर्स्थापना र सुरक्षाको व्यवस्था गर्न तथा राहातको प्याकेज उपलव्ध गराउन साथै जोखिमयुक्त स्थानको पहिचान गरी प्रदेश र स्थानीय तहसंगको समन्वयमा तत्काल पूर्वसावधानी र सुरक्षाका उपाय अवलम्बन गर्न सरकारसंग आग्रह समेत गरेका छन् ।

थापाले अघि लेखेका छन्–‘यस विपदको अवस्थामा जो जहाँ छौं सुरक्षित रही स्थानीय तह र सुरक्षा निकायसंग समन्वय गरी आ(आफ्नो ठाँउमा उद्दार,खोजी,उपचार र राहातको लागि कृयाशिल रहन नेपाली कांग्रेसका सवै तहमा आवद्ध सम्पूर्ण साथीहरूलाई अपील गर्दछु।पूर्व सावधानी अपनाऔं,आफु वचौं अरुलाई वचाऔं, विपदमा परेकालाई सहयोग गरौं ।’

तपाईको प्रतिक्रिया