“पहिरोले गुल्मीमा, दुई घर भत्किए, एकजना घाइते”
2021, June 15th, Tuesday

हाम्रो खबर संबाद दाता

“गुल्मी  : लगातार तीनदेखि परेको अविरल वर्षाका कारण जिल्लाको इस्मा गाउँपालिका -५ स्थित मैदानमा राजेश परियारको घर भत्किँदा एक महिला घाइते भएकी छिन् ।

“बन्दै गरेको घर भत्किएर राजेशकी श्रीमती २९ वर्षीया जानकी परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

यस्तै, सोही गाउँपालिका-१ स्थित उजुङ्गका छत्रबहादुर पछाईको घर  पहिरोले भत्किएको छ । घरमाथिबाट पहिरोसहित खसेको ढुंगाले घरमा पूर्णरुपमा क्षति पुगेको ईस्मा गाउँपालिकाले जनाएको छ । परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ ।

लगातारको वर्षाका कारण जिल्लाका दर्जनबढी सडक अवरुद्ध भएका छन् ।

तपाईको प्रतिक्रिया