“पास खोज्ने एसपीलाई भूपु सिपाही,को यस्तो जवाफ , ‘स्टाप हुँ, के को, पास न सास’
2021, June 11th, Friday

admin

“गाईघाट । सोमबार विहान कालो भेष्ट, कालो हाफ पेन्ट, कालो जुत्ता, पहेलो हेलमेट र मास्क लगाएर साईकलिङ्ग गर्दै मदन भण्डारी राजमार्गको असारी तर्फ हिडेका व्यक्तिले अगाडीबाट आउँदै गरेको पल्सर मोटरसाईकललाई भने-‘ए भाई गाडी रोक’”

“मोटर साईकल चालकले नसुने जसरी अगाडी बढ्न खोजेपछि साईकल चढ्ने व्यक्तिले चिच्याउदै पुनः भने- ‘ए भाई गाडी रोक भनेको, सुनेनौ ?’त्यसपछि मोटरसाईकल रोकियो । साईकलवालाले फेरी प्रश्न गर्‍यो -‘निषेधाज्ञामा किन गाडी हाकेको, पास छ ?’

“मोटरसाईलवाला पनि के कम, जाबो साईकलवालालाई ढाडस दिदै भन्यो-‘म स्टाप हुँ, के को पास न सास’ साईकलवाला मोटर साईकलवाला व्यक्तिहरु बादविवाद गरिरहेको बेला संचार सेट बोकेका अर्का एक व्यक्ति भने रोडको छेउमा फोनमा व्यस्त थिए ।”

“त्यती बेला नै प्रहरी निरिक्षकको कमाण्डमा एक टोली प्रहरी आई पुग्यो । साईकलवालाले आदेश दियो यो मोटरसाईकल र मान्छे नियन्त्रणमा लिनु । त्यसपछि मोटर साईकलवाला अलि हच्कियो ।”

“साईकलवालाले मोटर साईकलवालाई आफ्नो परिचयपत्र देखाउन आदेश दिए । तर मोटर साईकलवालाले परिचयपत्र देखाउन मानेनन् । त्यती बेलै साईकलबाले गोजीबाट फोन झिकी मोवाईलमा फोन डायल गर्यो ।

‘हेलो के छ खबर, कता हो ?’

“यहाँ, तपाईको मान्छेले मलाई हप्कायो, फौजीको मान्छे यस्तो नहुनु पर्ने हो, सेनाको भुपु भन्छ । मोटर साईकलमा हिडेको छ ।’ भनेर रिपोटिङ्ग हुन्छ । उताबाट ‘त्यसलाई पक्रेर राख्नु’ भन्ने आदेश आउँछ । साईकलवालाले फोनमा बोलेका व्यक्ति अरु कोही नभएर रण शाल्दुल गण बोक्सेका गणपति रहेछन ।”

“साईकलमा चढेर निषेधाज्ञा अनुगमन गर्न निस्किएका उदयपुर जिल्लाको शान्ति सुरक्षाको जिम्मेवारी लिएका सशस्त्र प्रहरी बल गाईघाट गणका गणपति सुधिर सुवेदी थिए । नेपाल प्रहरीका एसपी भिमबहादुर दाहालसँगै साईकल चढेर अनुगमनमा निस्केका सुवेदीलाई एउटा भुपु सिपाइँले नचिनेर नटेर्दा एक छिन सडकमा भिड समेत भएको थियो । मोटर साईकलवालासँगको वादविवाद भई रहदाँ एसपी दाहाल भने रोडको छेउमा कसैसगँ फोनमा व्यस्त थिए ।”

“विहान प्रहरीका हाकिमसँगै निषेधाज्ञा उल्लघन कर्तासँग वादविवाद भएपछि सोमबार ठाउँ ठाउँमा शसस्त्र र नेपाल प्रहरीले चेक जाँच गरेको थियो । जिल्ला प्रशासन कार्यालयले जेठ २८ गते सम्मको लागि निषेधाज्ञा थप गरेको छ तर विहान ९ बजे सम्म अतिआवश्यक बस्तु खरिद गर्न दिएको छुटको समयमा निषेधाज्ञा उल्लघंन गर्नेको संख्या बढि रहेको छ ।”

“निषेधज्ञा खुकुलो छ, प्रहरी गफमै व्यस्त हुन्छन् । प्रहरीहरुले आफ्नो चिनेजानेकोलाई सहजै छोड्ने गरेका छन् भने कसै कसैलाई केरकारमा व्यस्त देखिन्छ । निषेधज्ञा खुकुलो भएका कारण अहिले दिन प्रति दिन बजारमा भिडभाड बढ्न थालेको छ । न मुखमा माक्स, पसल पसलमा सेनिटाइजर, न सामाजिक दुरी देखिन्छन् । गत वर्षको तुलनमा यस वर्ष निषेधज्ञाको आदेश कागजमै सिमित भएको छ ।”

“निषेधज्ञा उलंघन गर्ने सवारी साधनलाई गत वर्ष जरिवाना सहित सवारी साधन नियन्त्रणमा लिएका थिए भने माक्स र निषेधज्ञा उलंघन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर घण्टौं कोरोना भाइरस बारेमा जानकारी गराएका थिए । तर, यस वर्ष त्यस्तो देखिदैन् ।”

तपाईको प्रतिक्रिया