“गणेश लामा रातारात पोखरा पुगे,पछि मनाङे यु टर्न, नेपालीलाई मुख्यमन्त्री बनाउन साथ दिनसक्ने”
2021, June 10th, Thursday

admin

“काठमाडौं, २७ जेठ । गण्डकी प्रदेशमा आज रोचक घटना देखियो । दुईपटक मन्त्री बनाएका दिपक मनाङेले मन्त्री बनाउनेको पक्षमा देखिएनन् । विश्वासको मत लिने क्रममा मुख्यमन्त्री गुरुङ्गलाई मनाङे मत दिन गएनन् ।”

“मनाङे अनुपस्थित भई सम्पर्कविहिन भए । मनाङेले मुख्यमन्त्री गुरुङ्गलाई विश्वासको मत नदिएसँगै उनले कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन साथ दिनसक्ने अवस्था विकास भएको बुझिएको छ । मुख्यमन्त्री गुरुङ्गले विश्वासको मत लिन असफल भएपछि अब बहुमतको सरकार निर्माणको आव्हान हुने भएको छ । त्यतिबेला मनाङे निर्णायक हुनसक्छ ।”

“गण्डकी प्रदेशमा मनाङे निर्णायक शक्ति बनेका छन् । उनले कृष्णचन्द्र नेपालीलाई समर्थन गरेमा मुख्यमन्त्री बन्न सक्छन् ।”

“कुल ६० जना प्रदेश सभा सांसद रहेको गण्डकीमा बहुमतका लागि ३१ मत चाहिन्छ । मनाङेले कृष्णचन्द्र नेपालीको पक्ष लिए ३१ मत पुग्छ । उनलाई ३० सांसदको समर्थन छ”

“नेकपा एमालेको २७, नेपाली काँग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, जसपाको २, राष्ट्रिय जनमोर्चाको ३ र स्वतन्त्र १ सांसद छन् । कृष्णचन्द्र नेपालीले काँग्रेसको १५, माओवादी केन्द्रको ११, जसपाको २, राजमोको २ मत पाउँदा ३० मात्र पुग्छ । दिपक मनाङे पक्षमा आए नेपालीले बहुमत पाउनेछन् । उनलाई मिलाउन गणेश लामा पोखरा पुगेका बुझिएको छ । मनाङेलाई फेरि मन्त्री बनाउने गरी नेपालीलाई साथ दिने सहमति निर्माण गर्न खोजिएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।”

तपाईको प्रतिक्रिया