‘गुण्डा नाइके गणेश लामा’पोखराबाट प’क्राउ”
2021, June 10th, Thursday

admin

“पोखरा — ‘गुण्डा नाइके’ का रुपमा चिनिएका गणेश लामालाई कास्की प्रहरीले बिहीबार पोखरामा पक्राउ गरेको छ । गण्डकी प्रदेशका निवर्तमान युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गेलाई भेट्न आएको भन्दै सोधपुछका लागि उनलाई प,क्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।”

निषेधाज्ञाका बेला पोखरा किन आए भन्ने खुलेको छैन । लेकसाइडको एक होटलमा बसेका लामालाई पछि अर्को रेष्टुरेन्टमा गएका बेला दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो ।,

बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वसको मत लिने भएपछि बिहानैबाट मनाङ्गे सम्पर्कविहीन बनेको थिए । उनले त्यसअघि मुख्यमन्त्रिको विपक्षमा मतदान गर्ने बताएका थिए । तर, उनी बिहीबारको मतदानमै सहभागी भएनन् ।,

यसअघि भने मुख्यमन्त्री गुरुङको पक्षमा उभिएका मनाङ्गेलाई गणेश लामाले विपक्षमा मतदान गर्न फोर्स गरेको बुझिएको छ । लामा र मनाङ्गेबीच बुधबार साँझ लेकसाइडको एक होटलमा भेट भएको प्रहरीको भनाइ छ । सो भेटपछि नै मनाङ्गेले विपक्षमा मतदान गर्ने धारणा बनाएको बताइएको छ ।,

सोही बिषयमा सोधपुछका लागि लामालाई प्रहरीले पक्राउ गरेको हो । अहिले लामा,लाई इलाका प्रहरी कार्यालय बैदाममा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

तपाईको प्रतिक्रिया