“७५ प्रतिशत छूट सहित असार १ देखि, उडान खोल्न माग”
2021, June 10th, Thursday

admin

“काठमाडौं, जेठ २७ वायुसेवा, सञ्चालक संघले आउँदो असार १ गतेदेखि आन्तरिक उडान सञ्चालनका लागि माग गरेको छ । विगत ३५ दिनदेखि आन्तरिक उडानमा रोक लगाउँदा लाखौं कर्मचारीको रोजगारी गुम्ने र रोजीरोटीको समस्या हुने भन्दै संघले मंगलवार संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री उमाशंकर अरगरिया समक्ष उक्त माग गरेको हो ।”

“स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णरूपमा पालना गरी उडान सञ्चालन गर्न सेवाप्रदायक कम्पनीहरू प्रतिबद्ध रहेको भन्दै संघले लामो समयदेखि बन्द रहेको उडान सञ्चालनमा सहजीकरण गरिदिन मन्त्रालयसँग माग गरेको छ ।”

“कोरोना दोस्रो लहरको केही समयसम्म पनि उडानलाई निरन्तर दिइएको र त्यसबेला यात्रुहरू संक्रमणरहित रहेको संघको दाबी छ ।कोभिडविरुद्ध तालीमप्राप्त जनशक्ति तथा हरेक उडानपूर्व जहाजको संक्रमणरहित सरसफाइ, मास्क तथा फेसशिल्डको अनिवार्य प्रयोगले उडान सुरक्षित भएको संघको भनाइ छ । यी उपाय अपनाएर यात्रु आवतजावत गराइने भएकाले अब आन्तरिक उडान सञ्चालन गर्न दिन संघले मन्त्रीसमझ अनुरोध गरेको छ ।”

“सरकारले वैशाख २० गतेदेखि नै आन्तरिक उडानमा रोक लगाएको छ । ३५ दिनदेखि आन्तरिक उडान ठप्प रहँदा यो क्षेत्रको आम्दानी घटिरहेको र कैयौं कर्मचारीको रोजगारी गुम्ने जोखिम रहेको संघको भनाइ छ । रोजगारी गुम्नुका साथै आश्रित परिवारको रोजीरोटी खोसिने भन्दै संघले आन्तरिक उडानलाई सहज र सुरक्षित बनाउनुपर्नेमा जोड दिएको छ ।यसैगरी संघले अन्तरराष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्यमा कटौतीको स्वागत गरेको छ । आन्तरिकतर्फको पनि न्यून मुनाफा राखेर मूल्य घटाउन संघले अनुरोध गरेको छ ।”

“इन्धनमा मूल्य घटाउँदा सञ्चालन खर्च घट्ने र सर्वसाधारणले सुलभ दरमा हवाईयात्रा गर्न पाउने उल्लेख छ । यस्तै हालको निषेधाज्ञा अवधिभर ल्याण्डिङ पार्किङ तथा अन्य शुल्कहरूमा ७५ प्रतिशत छूटका लागि पनि संघले सरकारसँग अनुरोध गरेको छ । आर्थिक अभियान दैनिकबाट”

तपाईको प्रतिक्रिया