admin 551 Views
“एजेन्सी, २६ जेठ । दक्षिण अफ्रिकी महिलाले एकैपटक १० शिशुलाई जन्म दिएकी छिन् । गोसियामी थामारा सिथोलेले सोमाबर साँझ ६ बालक र ३ बालिकालाई एकैपटक जन्म दिएकी हुन् । यो अहिलेसम्मकै विश्व किर्तिमान हो ।”
“यसअघि सिथोलेले जुमल्याहा बच्चालाई जन्म दिएकी थिइन् । उनी ३७ वर्षकी भइन् । २९ हप्ताको गर्भबाट सोमबार साँझ सिथोलेको शल्यक्रियाबाट बच्चा निकालिएको हो । उनले गर्भमा बच्चा रहँदा निकै सास्ती पाएको जनाएकी छिन् । कतिपय राति निदाउन नसकेको बताएकी छिन् । यसअघि उनको गर्भमा ८ वटा शिशु रहेको भनिएको थियो ।”
“गिनिज वल्ड रेकर्डले यसबारे अध्ययन गरिरहेको जनाएको छ । यसअघि एकैपटक ८ शिशुलाई अमेरिकामा एकजना महिलाले जन्म दिएकी थिइन् । गत महिना मालीकी २५ वर्षीया हलिमा सिसेले ९ शिशुलाई जन्म दिएकी थिइन् ।
“यो समाचार पनि हेर्नुस् :-‘पुरानो नक्सा भएका, पाठ्यपुस्तक, बिक्री गर्नेलाई कारबाही हुने’
“काठमाडौँ, २६ जेठ: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकको पुरानो नक्सा छापेर बिक्री गरिएका पाठ्पुस्तक जफत गर्न र त्यसमा सम्लग्नलाई कारबाही गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले पुरानो किताबको कभर परिवर्तन गरी नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारीपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन् ।”
“पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको आज सम्पन्न ८८ औ भर्चुअल बैठकमा मन्त्री श्रेष्ठले ती प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन् । उनले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानून अनुसार कारबाही गर्न केन्द्रलाई निर्देशन दिएका छन् ।”
“बैठकमा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखी नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिए । केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेका प्रकाशक र बिक्रेतामाथि कारबाही प्रकृया अघि बढाइने जानकारी दिए ।”
“बैठकमा मन्त्री श्रेष्ठले कक्षा ६ को पाठ्यपुस्तक अभाव हुन नदिन सुचीकृतमा परेका प्रकाशकको पुस्तक छपाइका लागि स्वीकृति दिन समेत निर्देशन दिएका छन् । बैठकले विभिन्न विषयका कक्षा ६–८को पाठयक्रम स्वीकृत गरेको छ ।-रासस/File Photo
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)