“प्रदेश २ मा समिकरण,बदलियो, काँग्रेस सरकारमा सहभागी”
2021, June 9th, Wednesday

admin

काठमाडौं, २६ जेठ । प्रदेश २ मा सत्ता समिकरण बदलिएको छ । जनता समाजवादी पार्टीको उपेन्द्र यादव खेमाले नेपाली काँग्रेससँग सत्ता समिकरण गरेको हो ।”

“जसपाको महन्थ ठाकुर खेमाका चार मन्त्रीलाई हटाएको तीन दिनपछि मुख्यमन्त्री लालबाबु राउतले नेपाली काँग्रेसका तीन प्रदेश सभा सांसदलाई मन्त्री नियुक्त गरेका छन् । उनीहरुको सपथ अहिले केहीबेरमा हुँदैछ ।”

“मन्त्री नियुक्त भएकाहरुमा रामसरोज यादव, ओमप्रकाश शर्मा र वीरेन्द्रप्रसाद सिंह छन् । यादव प्रदेश २ मा काँग्रेस संसदीय दलका नेता हुन”

“प्रदेश २ का प्रमुख राजेश झाले नवनियुक्त मन्त्रीहरुलाई सपथ गराउँदैछन् । प्रदेश २ को सत्ता समिकरण बदलिनुमा केन्द्रको सत्ता समिकरण बदलिनु पनि कारण बनेको छ ।”

“जसपाको महन्थ ठाकुर खेमा केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि मुख्यमन्त्री राउतले उक्त खेमाका २ मन्त्री र २ राज्यमन्त्रीलाई हटाएका थिए ।”

“त्यसपछि बहुमत सुनिश्चित बनाइराख्न राउतले काँग्रेससँग समिकरण बनाएका हुन् । जसपाको प्रदेश सभामा ५५ सांसद छन् । जसमध्ये अहिले उपेन्द्र यादव समूहमा ४० र ठाकुर खेमामा १५ मात्र छन् ।”

तपाईको प्रतिक्रिया