“सबिता भण्डारी,को सानिमा, प्रहरीको गाडी, मुनि म’र्छु भन्दै गएपछि (भिडियो हेर्नुस्)”
2021, June 9th, Wednesday

admin

“काठमाडौ । चितवनकी सविता भण्डारी घटनालाई लिएर प्रहरी कार्यालय अगाडी ववाल भएको छ । सविताको सानिमा प्रहरीको गाडी मुनी आउन लाग्दा प्रहरीले उनलाई जोगाएको छ । घटनाको अनुसन्धान फितलो भएको भन्दै सविताका माइती र उनका समर्थक प्रहरी कार्यालय घेराउ गर्न गएका थिए । उनीहरुले नारावाजी गरे पछि प्रहरीले सविताको आमा र बहिनी र केही अभियन्ताहरुलाई पकाउ गरेको छ ।”

“उनीहरुलाई गाडीमा हालेर लगेपछि सविताको सानिमाले गाडीलाई अगाडी उभिएर रोक्ने प्रयास गरेकी हुन् । उनले आफु माथि वाट गाडी लैजानु भन्दै हात फैलाएर गाडी अगाडी उभिएकी हुन् ।”

“सो घटनामा कर णी विरुद्ध आवाज उठाउँदै आएकी सावित्रा सुवेदी पनि पुगेकी छन् । उनी पनि प्रदर्शनमा सहभागी हुँदा प्रहरीले पक्राउ गरेको छ । सविताको परिवार र सावित्राका समुहका अभियन्तालाई प्रहरीले पक्राउ गरेको हो । सो क्रममा स्थानिय र सवितालाई न्याय दिलाउन भन्दै आन्दोलनमा लागेकाहरुले नारावाजी समेत गरेका छन् ।

“चितवनकी सविता भण्डारीको करिब एक महिना अघि रहस्यम निधन भएको थियो । उनका माइतीले सविताले आफै मृत्यु नरोजेको र उनलाई त्यसका लागि बाध्य बनाएको दावी गर्दै आएका छन् । प्रहरीले समेत घटनालाई हल्का ढंगले लिएको आरोप उनीहरुको छ । प्रहरीले उजुरी दर्ता गर्न समेत आनाकानी गरेको परिवारका आफन्तको भनाई छ ।”

तपाईको प्रतिक्रिया