“माधव नेपाल, पक्षले भन्यो-“केपी ओली, बाहृय शक्तिका, सामू लम्पसार ,परे”देश स्वाहा हुने संकेत ।
2021, June 6th, Sunday

admin

“काठमाडौं, २३ जेठ । नेकपा (एमाले) को माधव कुमार नेपाल पक्षले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बाहृय शक्तिका सामू लम्पसार परेको आरोप लगाएको छ ।

“नेपालको संविधान, लोकतन्त्र र प्रतिनिधिसभा रक्षाको लागि सर्वोच्च अदालतमा दायर रिट निवेदनबाट हस्ताक्षर फिर्ता लिने प्रायोजित हल्ला निराधार भएको पनि यो पक्षको स्पष्टोक्ति छ ।”

“हालै बसेको स्थायी कमिटी निर्णय सार्वजनिक गर्दै नेपाल पक्षले भनेको छ-“पार्टी नवौं महािधवेशनको मार्ग निर्देशन र निर्णय अनुरुप सिंगो पार्टी एकताबद्ध र प्रभावकारी रुपमा अगाडि बढोस् भन्ने हाम्रो चाहना हो ।”

“तर, प्रधानमन्त्री केपी ओलीबाट दक्षिण्पन्थी विसर्जनवादी चिन्तन र व्यवहारका साथ बाहृय शक्तिका सामू लम्पसार पर्दै संविधान, लोकतन्त्र र संसदमाथि आक्रमण गरिएको, यस सिलसिलामा दुई दुई पटक असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरिएको, अध्यादेशमार्फत शासन चलाउन खोजिएको र ”

“राष्टिय हितमाथि घात गरिएकोले संविधान, लोकतन्त्र, संसद्, राष्टिय स्वाधिनता र स्वाभिमानको रक्षाका लागि अन्य वामपन्थी र लोकतन्त्र पक्षधर दलहरुसँग सहकार्यका साथ अघि बढ्नुपर्ने स्थिति सिर्जना भएको छ ।”

तपाईको प्रतिक्रिया