“एकहप्ताको अन्तरालमा, कोरोना,बाट श्रीमान् श्रीमती,को मृत्यु”
2021, June 6th, Sunday

admin

“झापा बिर्तामोडका एक दम्पतिको १ हप्ताको अन्तरालमा कोरोना संक्रमणबाट मृत्यु भएको छ । श्रीमानको निधन भएको एक सातापछि श्रीमतीको पनि कोरोना संक्रमणबाटै निधन भएको हो । बिर्तामोड १ निवासी ७८ वर्षीय गणेशबहादुर बस्नेतको गत शनिबार बिर्तासिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको थियो ।”

“त्यसको एक सातापछि शनिबार उनकी श्रीमती ५६ वर्षीया संगीता बस्नेतको मृत्यु भएको छ । उपचारका क्रममा दिउँसो उनको मृत्यु भएको बिर्तासिटी हस्पिटलका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले बताए ।

“पहिला श्रीमान गणेशबहादुरलाई संक्रमण देखिएको र श्रीमानलाई स्याहार्ने क्रममा श्रीमतीलाई सरेको उनले जानकारी दिए । गणेशबहादुरलाई काठमाडौं जाँदा संक्रमण पुष्टि भएको उनले बताए । बस्नेत दम्पतिका एकजना छोरा र दुई छोरी छन् । ती सबैजना अष्ट्रेलियामा रहेको जनाइएको छ ।”

“श्रीमान् भन्दा जेठी छन्, यी ७ नेपाली, हिरोइन र नेताका श्रीमती (भिडियो),

“श्रीमतीभन्दा श्रीमानको उमेर बढी हुनुपर्छ भन्ने सामाजिक मान्यता रहेको छ । हिन्दू संस्कारमा मात्र होइन हरेक जाती र क्षेत्रमा समेत यही मान्यता स्थापित छ । यस्तो मान्यता विकास हुनुको कारण के तपाईलाई थाहा छ ? केटा मान्छे कान्छाे केटी मान्छे जेठी भएकाे हामीले कहिकतै मात्र देखेका छाैँ तर किन हुँदैन भनिएको हो, श्रीमानभन्दा श्रीमती कान्छी हुनुपर्छ भनेर ?

“नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नी श्रीमती सीता दाहालभन्दा कान्छा छन् । प्रचण्ड अहिले ६३ बर्षका भएका छन् भने श्रीमती दाहाल केही बर्षअघि नै ६३ कटिसकेकीछिन् । राजनीतिकबृत्तमा कान्छा श्रीमान्हरु अरु पनि छन् । तर आज हामी राजनीतिक क्षेत्र होइन, ग्लेमरस क्षेत्रका त्यस्ता जोडीहरुको कुरा गर्दैछौं, जहाँ श्रीमानभन्दा श्रीमती जेठी छन् ।

“सेलिब्रेटीहरुमा मनिषा कोइराला सर्वाधिक चर्चामा थिइन्, कान्छो ब्यक्तिसँग विवाह गरेकि थिइन् तर उनकाे त्यस बिवाह भने धेरै लामाे समय सम्म टिक्न सकेन, हालै याे जाेडिले डिभाेर्स गरिसकेका छन् ।

“त्यस्तै मनिषा मात्र होइन, श्रीमानभन्दा जेठा श्रीमतीहरुको चर्चा समाजमा हुने नै गर्छ । श्रीमान् भन्दा श्रीमती कान्छी हुनुपर्छ भन्ने मान्यता भएपनि हामीले यहाँ यस्ता कलाकार जोडीहरुको कथा प्रस्तुत गर्दैछौं, जो श्रीमान्भन्दा जेठा छन् । वा जो श्रीमतीभन्दा कान्छा छन्

“बलिउडमा समेत श्रीमानभन्दा जेठा नायिकाहरु कमै भेटिन्छन् । नेपालमा पनि यस्तै अवस्था छ । तर पनि हामीले केही जोडीहरुको पहिचान गरेका छौं, फिल्म क्षेत्रमा । आधा दर्जनभन्दा बढी त्यस्ता जोडी फेला पारेका छौं, जसको श्रीमान् कान्छो वा श्रीमती जेठी छन् । हेर्नुहोस् भिडियोमा को–को हुन् ती ८ जोडी ?

“१)असुन्ताेष भार्दावाज र बिपना थापा  2)रमेश उप्रेति र किरन उप्रेति ३)निशा अधिकारी र सरद भिसेवाकर ४)प्रियंका कार्की र अायुष्मान ज्याेषि ५)नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहाल ६)मनिसा काेइरला र सम्राट दाहाल(हालै याे जाेडिकाे डिभाेर्स भइसकेकाे छ ।) ७)मेलिना मान्धकर र मुकेश दाहाल८)सराेज खनाल र सूर्य माला खनाल)  ९)हरिहर शर्मा र सकुन्तला शर्मा

हेर्नुहाेस् भिडियाेः

तपाईको प्रतिक्रिया