admin 318 Views
“काठमाडौं, २२ जेठ । कोरोना भाइरसको महामारीमा खाद्यान्न, लत्ताकपडालगायतको सहयोग वितरण गर्दा गर्दै संक्रमित भएकी संगिता कर्माचार्यको निधन भएको छ । समाजसेवी कर्माचार्यको कोरोना भाइरसको संक्रमण भई उपचारका क्रममा झापास्थित बिएमसी अस्पतालमा निधन भएको हो ।”
“नेपाल महिला संघकी केन्द्रीय सदस्य समेत रहेकी कर्माचार्य सिराहाको लाहानमा लोकप्रीय छिन् । उनले कोरोना संक्रमणका बेलामा महत्वपूर्ण सहयोग वितरण गरेर लोकप्रीयता कमाएकी थिइन् ।यसैगरी, काँग्रेस नेता प्रकाशमान सिंहलगायतले कर्माचार्यको निधनप्रति दुःख व्यक्त गरेका छन् ।,
“यो पनि हेर्नुस् :-“उपप्रधानमन्त्री महतोको अभिव्यक्तिप्रति, वामदेवको आपत्ति : देश विघटनको, कुरा स्वीकार्य छैन”
“काठमाडौं : नेकपा (एमाले) नेता वामदेव गौतमले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। ”
“नेपाल सरकारका उपप्रधानमन्त्री महतोले संविधान विपरीत काम गर्ने छैन भन्दै शपथ लिएको आधा घण्टामै बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलनको कुरा गरेको भन्दै गौतमले आपत्ति जनाएका हुन्।”
‘नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्ने छैन भनि शपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दुखी भएको छु’, गौतमले भनेका छन्।
“पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले महतोको यो कुराले आफूलाई दुःखी बनाएको उल्लेख गर्दै संविधानको धारा ३ मा नेपाल अनेकौं विशेषता सहितको राष्ट्र भएको उल्लेख गरेको सम्झना गरेका छन्। गौतमले संविधानको धारा ४ मा अनेकौ विशेषतासहितको नेपाल राज्य भनेको उल्लेख गर्दै नेपाल एउटा मात्र राज्य भएको प्रष्ट पारेका छन्।”
‘नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो। त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषता सहित नेपाल राज्य हो। यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो’, गौतमले फेसबुकमा लेखेका छन्, ‘राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन।’
“नेता महतोले अहिले पनि सञ्चा,लन गरिरहेको कथित आन्दोलनले नेपाललाई विखण्डन गर्ने भन्दै उनले आपत्ति जनाएका हुन्। गौतमले नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका लागि स्वीकार्य नहुने प्रष्ट पारेका छन्। उनले यो मागको विरोध र अस्वीकार मात्र गर्न सकिने उल्लेख गरेका छन्। ‘नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पनी देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन’, उनले थप लेखेका छन्, ‘राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ।’
“यो विषयमा प्रधानमन्त्री केपी ओलीले अनविज्ञता प्रकट गरेकोप्रति समेत आफू चकित परेको गौतमको भनाइ छ। शनिबार सामाजिक सञ्जाल फेसबुमा उपप्रधानमन्त्री गौतमको अभिव्यक्तिप्रति गौतमले आपत्ति जनाएका हुन्। ‘प्रधानमन्त्री श्री केपी ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु’, उनले थप भनेका छन्।अन्नपूर्ण पोस्ट दैनिक बाट ।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)