“सामाजिक सञ्जालमा ,भाइरल माछाको वास्तविकता यस्तो छ हेर्नुहोस् ।”
2021, June 5th, Saturday

admin

“काठमाडौँ : अहिले एक व्यक्तिले आफू जत्रै माछा नाम्लोले भारी बोकेझै बोकेका एउटा माछाको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । यति ठूलो अजंगको माछा त्यसमाथि नाम्लोले नै बोक्नुपर्ने अवस्थाको भएपछि मानिसहरुले सामाजिक सञ्जालमा विभिन्न क्रिया-प्रतिक्रिया जनाएका छन् ।

“उक्त तस्वीर फेसबुक तथा ट्वीटरमा शेयर गर्दै विभिन्न ठाउँको माछा भनेर भ्रम फिजाउने काम गरेको पाइएको छ । तर यसको वास्तविकता भने केही फरक छ ।”

“माछा बोकेको यो तस्वीरमा कसैले यो माछा कालिगण्डकीको भनेका छन् भने कतिले यसलाई संखुवासभाको सभा खोलामा मारेको भनेका छन् । केहीले असला माछा भन्दै सामाजिक सञ्जालमा शेयर गरेका छन् । तर, यसको वास्तविकता भने फरक छ ।”

“माछाको वास्तविकता : यो असला माछा नै होइन । दोस्रो यो माछा सामाजिक सञ्जालमा केहीले दाबी गरे अनुसार संखुवासभाको सभा खोलामा मारिएको पनि होइन ।”

“यस विषयमा तस्वीर लिने व्यक्ति सुन्दर कसजुले भने यो ५५ केजीको माछा कालिगण्डकीको रिँडीमा समातिएको हो ।”

“स्थानीय भाषामा गोच भनिने यस माछालाई वेल्स क्याटफिस (Wells catfish) भनिन्छ । जसको औषत आयु ५० बर्षको हुन्छ ।”

तपाईको प्रतिक्रिया