“गृहमन्त्री महेश बस्नेत बनाउनेमा राष्ट्रपति र प्रधानमन्त्रीबिच कुरा, नमिल्दा सपथग्रहण ढिलाई, रक्षा र गृहसहित,सात मन्त्रालय प्रधानमन्त्री ओलीसँगै रहने,
2021, June 5th, Saturday

admin

काठमाडौं । गृहमन्त्री कसलाई बनाउने भन्ने बिषयमा राष्ट्रपति बिद्यादेबी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबिच कुरा मिल्न सकेको छैन । प्रधानमन्त्री ओलीले गृहमन्त्रीमा महेश बस्नेतको नाम सिफारिस गरेपछि राष्ट्रपति भण्डारीको अहसमति भएको स्रोतले जानकारी दियो । यसअघि गृहमन्त्री बनेका रामबहादुर थापालाई सर्बोच्च अदालतले नियुक्त बदर गरिदिएपछि गुहमन्त्रालय रिक्त थियो । उक्त मन्त्रालय प्रधानमन्त्रीपछि सबैभन्दा प्रभाबशाली मन्त्रालय मानिन्छ ।”

“चुनाबलाई ध्यानमा राखेर ओलीले बस्नेतलाई गृहमन्त्रीमा सिफारिस गरेका हुन । संसद बिघटन गरेर आगामी कात्तिक र मंसिरमा चुनाबको घोषणा गरिएको छ । बस्नेत गुहमन्त्री बने एमाले महन्थ ठाकुर नेत्तृत्वको जसपासँग मिल्दा झण्डै दुई तिहाई जित्न सकिने ओलीको बुझाई रहेको स्रोतको भनाई छ । बस्नेतले गृह ०५४ सालको बामदेब गौतमले जस्तै चलाउने ओलीको बुझाई छ । तर राष्ट्रपति भण्डारीले भने गृहमा बस्नेतलाई नहुने अडान लिएकी छिन । उनकै अडानका कारण आज ५ बजे हुने भनिएको सपथ सर्दै ८ बजे पुगेको छ”

“रक्षा र गृहसहित,सात मन्त्रालय, प्रधानमन्त्री ओलीसँगै रहने”

“यसैबीच प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओलीले आफूसँग ७ वटा मन्त्रालय राखेका छन् । आज विस्तार हुने मन्त्रिपरिषद प्रधानमन्त्रीसहित १७ सदस्यीय हुनेछ । प्रधानमन्त्री ओलीसँग रक्षा, गृह, पर्यटन, सञ्चार, सामान्य प्रशासन, कृषि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रहनेछन् ।-”

“मन्त्रिपरिषदमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र र राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्री बन्नेछन् । त्यस्तै भौतिक पूर्वाधारमा बसन्त नेम्वाङ, शिक्षामा कृष्णगोपाल श्रेष्ठ र कानूनमा लीलानाथ श्रेष्ठ मन्त्रीका रुपमा यथावत रहनेछन् ।”

“स्वास्थ्य मन्त्रीका रुपमा शेरबहादुर तामाङले शपथ लिनेछन् । जसपाबाट महतोबाहेक ७ जनाले मन्त्री र २ जनाले राज्यमन्त्रीको जिम्मेवारी पाउँदैछन् ।”इ आर्थिक  बाट ।

तपाईको प्रतिक्रिया