“खोसियो प्रेम आले मगरको, वन मन्त्री पद”
2021, June 4th, Friday

admin

“प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार मन्त्रीपरिषद् विस्तार गर्न लागेका छन् । जसपाका ८ मन्त्री र २ राज्यमन्त्री सहित उनले मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् । नयाँ बन्ने मन्त्रिपरिषद्मा केही फेरवदल समेत हुने भएको छ ।

“जनता समाजवादी पार्टी (जसपा)का १० नेताले आज साँझ ६ बजे मन्त्री पदको शपथ लिने भएका छन् । जसपाका अध्यक्ष महन्थ ठाकुरले ८ मन्त्री र दुई राज्यमन्त्रीको नामसहितको सूची प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन् ।

“जनता समाजवादी पार्टी (जसपा)ले पाउने ८ मन्त्रालय टुंगिएसँगै तीन मन्त्री मन्त्रालयविहीन भएका छन् । महिला बालबालिकामन्त्री जुलीकुमारी महतो, वनमन्त्री प्रेम आले र भूमिव्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाम्फेको मन्त्रालय खोसिएको छ।

“प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेताहरुबीच शुक्रबार भएको छलफलमा ८ मन्त्रालय टुंगिएको थियो। जसअनुसार जसपाले शहरी विकास, उर्जा, खानेपानी, भूमि व्यवस्था, श्रम, युवा तथा खेलकुद, महिला बालबालिका र वन मन्त्रालय पाएको छ । मन्त्री पद खोसिएकाहरुले पुन; अन्य मन्त्रालय पाउछन् कि पाउँदैनन् टुंगो छैन।

त्यस्तै नेकपा एमालेका महासचिव ईश्वर पोखरेल मन्त्रिपरिषद विस्तारमा नदोहोरिने भएका छन् । त्यस्तै अर्का मन्त्री प्रदिप ज्ञवाली पनि नदोहोरीने भएका छन् ।

“उनीहरुको मन्त्रालय ओलीले रघुवीर महासेठ र शेरबहादुर तामाङलाई दिने भएका छन् । नयाँ मन्त्रीपरिषद्मा रघुवीर महासेठ परराष्ट्रसहित उपप्रधानमन्त्री, शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री हुने बताइएको छ । नेता पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफू पार्टी काममा केन्द्रित हुने इच्छा व्यक्त गरेका कारण वर्तमान मन्त्रीपरिषद्मा फेरवदल गरिएको एमाले निकट स्रोतले जनाएको छ ।

“पोखरेल सरकारमा नरहने भएपछि एमालेबाट विष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री बन्ने भएका छन् । पौडेल अर्थ मन्त्रीसहित उपप्रधानमन्त्री हुनेछन् भने रघुवीर परराष्ट्र मन्त्रालय सहित उपप्रधानमन्त्री हुने तय भएको स्रोतले जनाएको छ। त्यस्तै शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री हुने भएका छन् ।”

तपाईको प्रतिक्रिया