“कोरोना सं’क्रमित श्रीमती,को उपचार नगरिदिएको भन्दै शिक्षकले गरे स्वास्थ्यकर्मी’माथि हा’त’पात,
2021, June 4th, Friday

admin

सिमकोट : हुम्लाको दक्षिणी क्षेत्रमा रहेको चङ्खेली गाउँपालिकामा होम आइसोलेसनमा रहेकी कोरोना सङ्क्रमित श्रीमतीको दैनिक उपचार गर्न नआएको भन्दै एक शिक्षकले गाउँपालिकाका स्वास्थ्य संयोजकमाथि हा’तपात गरेका छन् ।”

“सङ्क्रमित महिला होम आइसोलेसनमा बसेकी र दैनिक बिरामी भेट्न नआएको भन्दै गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढालाई शिक्षक अम्रित रोकायाले हा’तपात गरेका हुन् ।

“दिनहुँ उपचार गर्न किन नआएको भन्दै आफूमाथि शिक्षक रोकायाले हा’तपात गरेको संयोजक बुढाले बताए।-”

“सम्बन्धित घटनास्थलमा प्रहरी चौकीको टोली पुगेर छलफल गरिरहेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।”

“घटनाबारे जानकारी आएको र प्रहरीले सत्यतथ्य बुझेर प्रक्रिया अगाडि बढाइने प्रजिअ आचार्यले जानकारी दिए। रासस,

तपाईको प्रतिक्रिया