“ओली पक्षका नेताहरु,सँग हिजो र आज वार्ता त के कुरा पनि भएको छैन् : सुरेन्द्र पाण्डे”
2021, June 2nd, Wednesday

admin

“काठमाडौं, १९ जेठ । नेकपा (एमाले) को एकता कायम राख्न अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल दुवै पक्षका दोस्रो पुस्ताका नेताहरु सक्रिय भएका छन् । ओली पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ र प्रदीप ज्ञवाली पार्टी एकताको लागि सक्रिय छन भने माधव नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, योगेश भट्टराई, घनश्याम भुषाल र गोकर्ण विष्ट छन् ।”

“पार्टीको एकता जोगाउनको लागि हदैसम्मको प्रयास गरिने हिजो बसेको स्थायी कमिटीको बैठकले निर्णय गरेको थियो । यसअघि स्पष्टीकरण सोधिएका १२ जना सांसदलाई कारबाही गर्नसमेत अध्यक्ष केपी शर्मा ओलीले ढिलाई गरिरहेका छन् ।”

“कतिपयले यसलाई पार्टी एकताको लागि ओली गम्भीर बनेको रुपमा समेत बुझेका छन् । यो अवधिमा उनले माधव नेपाल पक्षधर नेताहरुसँग छुट्छाछुट्टै भेटवार्तासमेत गरिरहेका छन् । हालै उनले भीम आचार्यसँग तीन घण्टा लामो छलफल गरेका थिए ।”

“नेता नेपालले पनि आफू पक्षधर नेताहरुलाई दुई दिनभित्र सहमति गर्ने हो भने गर्नुहोस अब त्यो भन्दा बढि कुर्न नसकिने बताईसकेका छन् । नेपाल पक्षबाट वार्तामा सहभागी भएका भनिएका नेता सुरेन्द्र पाण्डे भने अहिले कुनै वार्ता नभएको सुनाउँछन् ।

“उनले भने-“हामी अस्ति वार्तामा बसेका हौं । तर, हिजो र आज वार्ता भएको छैन् । अहिले मिल्ने कुरा गफ मात्रै हो । कुराकानी अस्ति मात्रै भएको हो । अहिले पार्टी एकताको सम्भावना कसरी हुन्छ ? एकपटक सबैले इमानदार प्रयास गरौं भनिएको हो । तर, सहमति भएको छैन् । हामी त अझैपनि एकपटक मिलाउनुपर्छ भन्ने पक्षमा छौं । त्यहाँबाट कुरा भएको छैन् ।”

तपाईको प्रतिक्रिया