admin 346 Views
“काठमाडौं। लामो समयदेखि दूरसञ्चार सेवाको लाइसेन्सका लागि प्रयत्नरत चौधरी ग्रुप इन्टरनेट सेवाप्रदायकका रुपमा आइएसपी बजारमा छिरेको छ । चौधरी ग्रुपले सिजी नेटमार्फत् काठमाडौं उपत्यकाबाट इन्टरनेट सेवा सुरु गरेको छ। लामो समयदेखि दूरसञ्चार सेवाको लाइसेन्सका लागि प्रयत्नरत सिजीले इन्टरनेट सेवा प्रदायकका रूपमा भने मंगलबारबाट सेवा सुरु गरेको हो।-
ललितपुरको जावलाखेल वरपरका उपभोक्ताहरुले तत्काल सेवा प्रयोग गर्न सक्ने सिजी नेटका कस्टमर एक्सपेरियन्स म्यानेजमेन्ट प्रमुख गणेश क्षेत्रीले जानकारी दिए। केही समयभित्रै उपभोक्ताहरुले देशैभर सेवा पाउने गरी कम्पनीले तयारी गरिरहेको उनले बताए।
“सिजी नेटले उपभोक्ताहरुलाई सेवा प्रारम्भको अफरस्वरुप तत्काल १२० एमबीपीएसको प्याकेज मात्रै सार्वजनिक गरेको छ। यो प्याकेज एक, तीन, ६ र १२ महिनामा उपलब्ध गराएको छ। आवासीय र व्यापारिक दुवै प्रयोजनका लागि उपभोक्ताहरुले यो सेवा जडान गर्न सक्ने बताइएको छ।
कम्पनीले उपभोक्तालाई उपलब्ध गराएको सबै प्याकेज खरिद गर्दा जडान र ड्रप-वायर (नजिकको प्वइन्टदेखि घरसम्म जोड्ने तार) को शुल्क भने तिर्नु नपर्ने जनाएको छ। सिजी नेटले उपभोक्ताहरुलाई १२० एमबीपीएस स्पीडको मूल्य एक महिनाको भ्याटबाहेक ९९९ रुपैयाँ तोकेको छ।”
एक महिने प्याकमा एकपटक तिर्नुपर्ने गरी सिंगल ब्याण्ड राउटरको २५ सय रुपैयाँ, डुअल ब्याण्ड राउटरको ३५ सय रुपैयाँ र रिफन्डेबल डिपोजिट पाँच सय रुपैयाँ तिर्नुपर्ने जनाएको छ।
“यसबाहेक तीन, ६ र १२ महिने प्याकेज लिँदा उपभोक्ताले राउटरमा छुट पाउनेछन् । मासिक शुल्क भने कुनै पनि अवधिको प्याकेजमा यथावत रहेको छ ।
सिजी नेटले तीन महिने प्याकको भ्याटबाहेक दुई हजार नौ सय ९७ रुपैयाँ तोकेको छ। जसमा सिंगल ब्याण्ड राउटरको दुई हजार रुपैयाँ, डुअल ब्याण्ड राउटरको तीन हजार रुपैयाँ र रिफन्डेबल डिपोजिट पाँच सय रुपैयाँ तिर्नुपर्ने जनाएको छ।
“कम्पनीले १२० एमबीपीएस स्पीड इन्टरनेटको ६ महिने प्याकेजको भ्याटबाहेक पाँच हजार नौ सय ९४ रुपैयाँ तोकेको छ। जसमा सिंगल ब्याण्ड राउटरको १५ सय रुपैयाँ, डुअल ब्याण्ड राउटरको २५ सय रुपैयाँ र रिफन्डेबल डिपोजिट पाँच सय रुपैयाँ तिर्नुपर्ने जनाएको छ।
यस्तै, १२ महिने प्याकेजको मूल्य सिजी नेटले भ्याटबाहेक ११ हजार ९८८ रुपैयाँ तोकेको छ। यो प्याकेजमा उपभोक्ताहरुले रिफन्डेबल डिपोजिट पाँच सय रुपैयाँ मात्रै अतिरिक्त तिर्नुपर्ने कम्पनीले जनाएको छ। यो प्याकेजमा राउटर नि:शुल्क दिने कम्पनीको तयारी छ।
डिसहोमपछि नेपाली बजारमा इन्टरनेट सेवा प्रदायकको रूपमा ठूलो लगानीसहित भित्रिने कम्पनी सिजी नेट नै हो।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)