“सरकारी पैसाले खाजा, खाएकै कारण, फिनल्यान्डकी प्रधानमन्त्री,लाई समात्यो प्रहरीले”
2021, May 31st, Monday

admin

“काठमाण्डाै – फिनल्यान्डकी प्रधानमन्त्री सना मरिनको बिहानको खाजा (ब्रेकफास्ट) को बिल अहिले चर्चाको विषय बनेको छ । सबैतिर यही ब्रेकफस्ट बिलको चर्चा भइरहेको छ । केहीले प्रधानमन्त्री सना मरिनमाथि सरकारी पैसा दुरुपयोगको आ,रोप लगाएका छन् भने केहीले भ्र,ष्टाचारसँग उहाँको सम्बन्ध रहेको बताइरहेका छन् ।”

“यसै विषयमा त्यहाँको स्थानीय प्रहरीले जाँच गर्ने बताएको छ । प्रधानमन्त्री मरिनले सरकारी आवासमा परिवारसँग ब्रेकफास्टमा निकै पैसा खर्च गरेको आरोप उहाँमाथि छ । स्थानीय सञ्चारमाध्यममा यो विषय सार्वजनिक भएपछि, प्रधानमन्त्रीलाई निसाना बनाइएको छ ।”

“ट्याबलाेइड इलतलेहती’ को रिपोर्टमा प्रधानमन्त्री सना मरिनले आफ्नो आधिकारिक निवास केसरन्तामा रहँदै परिवारसँगको नास्ताका लागि हरेक महिना झन्डै तीन सय युरो खर्च गरिरहेको आ,रोप लगाइएको छ ।”

“यो प्रतिवेदनपछि विपक्षहरु आक्रामक बनेका छन् । प्रधानमन्त्री सना मरिनले आफूभन्दा पहिलेका प्रधानमन्त्रीले पनि यसको लाभ लिएको बताउनुभयो । उहाँले ट्विटरमा भन्नुभएको छ, ‘प्रधानमन्त्रीको रुपमा मैले यो लाभ मागेको छैन ,र यसबारेमा निर्णय लिन पनि सहभागी भएको छैन ।’

“कानुनी विशेषज्ञले प्रधानमन्त्रीको बिहानको नास्ताका लागि करदाताको पैसाको उपयोग गर्नु फिनिश कानुनुको उ,ल्लङ्घन हुन सक्ने सुझाव दिएका छन् ।”

“शुक्रवार प्रहरीले यस मु,द्दा जाँच गर्ने घोषणा गरेको हो । प्रहरीले एक विज्ञप्तिमा भनेको छ, ‘प्रधानमन्त्रीको नास्तामा खर्च गरिएको पैसा सरकारबाट लिइएको हो । यद्यपि कानुनले यो इजाजत दिँदैन ।’

तपाईको प्रतिक्रिया