admin 417 Views
“काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले १४ वटा साना पार्टीसँग मोर्चाबन्दी गरेको छ। मोर्चाले अहिलेको संकट समाधानका लागि सरकारलाई विस्थापित गर्नु आवश्यक भएको बताएको छ।”
“सरकार विस्थापित गरेर मात्र समस्या समाधान नहुने भन्दै यो समूहले विद्यमान व्यवस्थामै अग्रगामी परिवर्तन ल्याउनु आवश्यक भएको बताएको छ। मोर्चाले व्यवस्थाको विकल्पको रुपमा जनगणतन्त्र र वैज्ञानिक समाजवादी व्यवस्थामा जोड दिएको छ।”
“‘नेपाल जुन गम्भीर संकटमा छ, त्यसको समाधानका लागि यो सरकारलाई विस्थापित गर्नु त आवश्यक छ नै तर त्यत्तिले मात्र पुग्दैन’, मोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसका निम्ति विद्यमान व्यवस्थामै अग्रगामी परिवर्तन ल्याउनु आवश्यक छ।’”
“मोर्चाले सरकार, व्यवस्थापिका र यसका प्रक्रियाको विकल्पलाई ठोस बनाउन गृहकार्य गर्ने भएको छ। अहिले कोरोना बिरामीको उपचार नहुने, अक्सिजन अभावमा बिरामीले मृत्युवरण गर्नुपर्ने अवस्था पैदा हुनु दुःखद् भएको भन्दै महामारीमा निःशुल्क उपचारले प्राथमिकता पाउनुपर्नेमा जोड दिइएको छ।”
“मानव जीवनको रक्षा पहिलो प्राथमिकता भए पनि यो सरकारले खोपलाई प्राथमिकता नदिएको आरोप मोर्चाको छ। ‘विश्वका विभिन्न राष्ट्रले आफ्ना नागरिकलाई कि खोप दिइसके वा दिइरहेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘मानव जीवनको रक्षा नै पहिलो प्राथमिकता हुनु पर्दछ। तर यो गैरजिम्मेवार र भ्रष्टाचारी सरकारले खोपलाई पहिलो प्राथमिकतामा अझै राखेको छैन। तुरुन्त खोप ल्याएर सबै जनतालाई निःशुल्क खोप लगाउने व्यवस्था अविलम्ब गरियोस्।’”
“यो मोर्चाले प्रधानमन्त्री केपी ओली इन्डो–अमेरिकी गठबन्धनको ‘गोटी’ बनेको आरोपसमेत लगाएको छ। एमसीसी पारित गरेर नेपाललाई भुटानीकरण गर्ने योजनामा सरकार लागेको आरोप उसको छ । नागरिकता विधेयक फिर्ता गर्नसमेत मोर्चाले माग गरेको छ।”
‘केपी ओली, यतिखेर इन्डो–अमेरिकी गठबन्धनको गोटीका रुपमा काम गरिरहेका छन्। र एमसीसी, पारित गरेर नेपालमा अमेरिकी सेना तैनाथ गर्ने तथा नेपालीलाई भुटानिकरण गर्ने योजनामा लागेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘सरकारले ल्याएको कथित नागरिकतासम्बन्धी अध्यादेश अल्पमतको सरकारलाई जोगाउने र विदेशीको योजना लागू गर्ने उद्देश्यमा ल्याइएको हुनाले त्यसलाई फिर्ता, लिन हामी जोडदार माग गर्दछौँ।’”
“मोर्चाले सार्वजनिक गरेको विज्ञप्तिमा मोहन वैद्य, धर्मेन्द्र बास्तोला, ऋषि कट्टेल, आहुति, सीपी गजुरेल, गोपाल किराँती, कर्णजीत बुढाथोकी, गुणराज लोहनी, डम्बर विक्रम कार्की, रविन्द्र श्रेष्ठ, रामहरि पोखरेल, नारायण शर्मा, शम्भु कट्टेल, देवदत्त, पाण्डेले हस्ताक्षर गरेका छन्।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)