“ओलि सरकारले”एमसीसीसँगको सम्झौता, कार्यान्वयन,को लागि बजेट छुट्याउनु, राष्ट्रघा’ती : भीम रावल”
2021, May 30th, Sunday

admin

“काठमाडौं, १६ जेठ । नेकपा (एमाले) बाट निश्काषित नेता डा. भीम बहादुर रावलले एमसीसीको लागि बजेट छुट्याएको भन्दै विरोध जनाएका छन् ।’

‘उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम लिएर नेपालको स्वाधिनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने र संसद्बाट अनुमोदन नै नभएको एमसीसीसँगको सम्झौता कार्यान्वयनको लागि बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन र व्यवहारकै परीणाम भएको उल्लेख गरेका छन् ।’

‘सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्-“नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने र संसदबाट अनुमोदन नै नभएको एमसीसीसंगको सम्झौता कार्यान्वयनका लागि प्रमं केपी नेतृत्वको सरकारले बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन र व्यवहारकै परिणाम हो ।यस्तो लम्पसारवादी कुकार्यको देशभक्त नेपालीहरूले विरोध गरौं!”
‘यो पनि:-“बजेट भाषण सुनिरहे,का श्यामलाल, एक्कासी, नाच्न थालेपछि…’

“धनगढी । शनिबार दिउँसो बजेट भाषण सुनिरहेका कैलालीको घोडाघोडीका वृद्ध श्यामलाल एक्कासी हौसिँदै खुशीले नाच्न थाने ।
यो देखेर घरमा बसिरहेका छोराबुहारी र नाति दंग भए । खुशीले नाँचिरहेका श्यामलालले दुई वर्षीय नातिलाई काँधमा बोक्दै एकछिन आँगनमा खेलाएर भने, ‘आजदेखि मेरो पेन्सन एक हजारले बढ्यो ।

“यो सुनेर छोराबुहारी पनि खुशी भए । आफ्नो सक्रिय जीवन सामान्य खेतीपातीमै बिताएका आफ्ना बुबाको पेन्सन कहाँ बढेछ भन्ने उनीहरुमा लाग्यो । श्यामलालले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत बृद्धभत्तासहित सामाजिक सुरक्षा भत्ता बढाएको सुनाएपछि छोराबुहारीले बल्ल थाहा पाए, बुबाको पेन्सन त सरकारले दिने बृद्धभत्ता पो रहेछ ।”

“श्यामलालमात्रै हैन, आर्थिक वर्ष २०७८–७९ को लागि आयव्ययको विवरण प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले वृद्धभत्ता भत्ता बढाएपछि यहाँका सबैजसो बुढापाकाहरू खुशी भएका छन् ।”

“मासिक तीन हजारका दरले भत्ता बुझिरहेका बृद्धबृद्धा त्यसमा थप एक हजार बढेर चार हजार पाउने भएपछि खुशी भएका हुन् । सरकारले भत्ता बढाएको खबर छोराबाट थाहा पाएका कैलालीको गौरीगंगा नगरपालिकाका ७५ वर्षीय हरिबहादुर रोकाया निकै खुशी देखिए ।”

“मासिक ३ हजार रुपैयाँ बुझ्दै आएका हरिबहादुर मासिक ४ हजारका दरले वृद्धभत्ता पाउने भएपछि आफ्ना छोरालाई अब त मेरो पनि भत्ता बढेकाले आफूलाई चाहिने समान आफैँले किन्न पाउने भएँ भन्दैथिए ।”

“हाम्रो सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुरीमुरी धन्यवाद । अब तैँले हेला गरिस् भने पनि सरकारले पाल्छ केटा हामीलाई’ पिताको भनाइ उल्लेख गर्दै छोरा कमल रोकायाले भने ।”

“विसं. २०५२ सालमा नेकपा (एमाले)का अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला बृद्धभत्ता कार्यक्रम थालनी भएको थियो ।
बृद्धावस्था लागे देखि घरपरिवारमै हेलाँको पात्र हुने गरेका आफूहरूका लागि सरकारले दिँदै आएको भत्ता सन्तानसरह भएको र यही भत्ताका कारण आफूहरूको जीवन चलिरहेको ज्येष्ठ नागरिकको भनाइ छ ।”

तपाईको प्रतिक्रिया