“कोरोना म’हामा’रीबाट आ’क्रान्त बनेको मुलुकमा ओलीले थप समस्या ‘बढाएको गठबन्धनको आरोप ।” (पत्रसहित)”
2021, May 30th, Sunday

admin

“जेठ १६, काठमाडौं । विपक्षी गठबन्धनले सरकारलाई दिर्घकालिन असर गर्ने कुनै पनि कदम नचाल्न चे,ता,वनी दिएको छ । आइतबार गठबन्धनको तर्फबाट नेताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेलले संयुुक्त प्रेस विज्ञप्ती सार्वजनिक गर्दै यस्तो आव्हान गरेका हुन् ।”

“विपक्षी गठबन्धनले सरकारका संविधान विपरितका कामकारबाहीलाई असहयोग गर्न राज्यका सबै निकायलाई आव्हान गरेको छ ।”

“प्रतिनिधि सभाको पुनःस्थापना र प्रतिनिधि सभाका १४९ सदस्यहरुको हस्ताक्षरमा विकल्प प्रधानमन्त्रीका रुपमा हामीले विधिवत् दावी प्रस्तुत गरिसकेको अवस्थामा देश र जनतालाई दीर्घकालीन असर गर्ने किसिमका कुनै पनि कामकारबाही नगर्न सरकारलाई चेतावनी दिन चाहन्छौं’,

“संयुक्त प्रेस विज्ञप्तीमा भनिएको छ, ‘सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक कामकारबाहीमा सहयोग नहुन राज्यका सबै अंग र निकायहरुलाई पनि आग्रह गर्दछौं ।’”

“गठबन्धनले प्रतिनिधि सभा विघटन ओली र राष्ट्रपतिको मिलेमतोमा भएको ठहर गरेको छ । साथै उसले अध्यादेशबाट बजेट ल्याएको प्रति आपत्ती जनाएको छ । कोरोना महामारीबाट आक्रान्त बनेको मुलुकमा ओलीले थप समस्या बढाएको गठबन्धनको आरोप छ ।”

“सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको कदमलाई उल्ट्याउने पनि विश्वास गठबन्धनले राखेको छ ।यस्तो छ गठबन्धनले सार्वजनिक गरेको विज्ञप्ती”

तपाईको प्रतिक्रिया