admin 500 Views
“जनतालाई ,न्यायाधीश बनाउनु,पर्छ :राजनितिक हिसाब किताब जनता ले गर्छ्न:-प्रधानमन्त्री ओली”
” नारायण ढुङ्गाना काठमाडौँ, १५ जेठ: मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको सु–अवसरमा आज सरकारले विशेष समारोहबीच चौधौँ गणतन्त्र दिवस मनाएको छ ।”
“राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सैनिक मुख्यालय जङ्गी अड्डामा दिवस मनाइएको हो । सैनिक मञ्च टुँडिखेलमा हुँदै आएको कार्यक्रम कोभिड–१९ सङ्क्रमणका कारण सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मनाइएको थियो ।”
“उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित मन्त्रीगण, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, उच्च सरकारी अधिकारी तथा नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिको सहभागिता थियो । तत्कालीन संविधानसभाले विसं २०६५ जेठ १५ गते राजतन्त्र हटाएर गणतन्त्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन दिवस मनाउने गरिन्छ ।”
“समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्रका उपलब्धिलाई बलियो बनाउन राजनीतिक झगडा र लडाइँका मुख्य विषयमा जनतालाई न्यायाधीश बनाएर उनीहरुको अभिमतलाई सर्वोपरि मान्दै अग्रसर हुन दलका नेताहरुलाई आह्वान गरे ।”
“प्रधानमन्त्रीले भने, “आफ्ना जिद्दी होइन, जनताको आवधिक मूल्याङ्कन र अभिमत नै सर्वोपरि निर्णायक हुन्, निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष हो, यसले जनादेशलाई पुनर्ताजगी गर्न र त्यसपछिको सरकारलाई सुदृढ एवं जनअपेक्षितानुसार काम गर्न उत्प्रेरित गर्दछ ।”
“सोही अभिप्रायका साथ नै आगामी कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन घोषणा गरिएको प्रधानमन्त्री ओलीकोे भनाइ थियो । उनले अहिले चुनाव हुँदैन कि, गराइँदैन कि भन्ने भ्रम छरिएको र चुनाव स्वतन्त्र एवं निष्पक्ष हुँदैन भन्ने निराधार कुप्रचार भइरहेकाले त्यस्तो दुष्प्रचारको भ्रममा नपर्न अनुरोध गरे । उनले सरकारले चालेका जनमुखी कदममा व्यवधान, घेराबन्दी र विरोधको सामना गरिरहनुपरेकामा चिन्ता प्रकट गरे।”
“गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले जनताका लागिभन्दा सत्ताकाङ्क्षी समूहले लोकतान्त्रिक प्रणालीलाई दुरुपयोग गर्ने प्रवृत्तिको छिनोफानोका लागि निर्वाचनमा जानुपर्ने अवस्थाको सिर्जना भएको प्रस्ट्याए ।”
“उनले मुलुकको अमूल्य समयलाई अकर्मण्यता र अनुशासनहीनतामा खेर जानबाट रोक्न मुलुकसामु जनादेश माग्नु एकमात्र विकल्प हुन पुगेको स्पष्ट पारे । निर्वाचनले सबै दललाई जनपरीक्षण गर्ने अवसर प्राप्त भएको बताए । निर्वाचनलाई तोकिएकै समयमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढङ्गबाट सम्पन्न गर्ने प्रधानमन्त्रीले दृढता व्यक्त गरे ।”
“गणतन्त्रले प्रणालीका छिद्र खोजेर कसैलाई सत्तामा चढाउने र झार्ने खेलमा समय व्यतित गर्ने नभई गरिबी र पछौटेपनको लडाइँलाई जित्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो । उनहाँले जनता मजबुद हुँदा लोत्रतन्त्र स्वतः मजबुद हुने उल्लेख गरे ।”
“प्रधानमन्त्री ओलीले जनताको सार्वभौमसत्तालाई विभिन्न स्वार्थ समूहले आफ्नो नियन्त्रणमा राख्न खोज्ने प्रवृत्ति निस्तेज गरी गणतन्त्रलाई दिगो बनाउनुपर्नेमा जोड दिए । केही व्यक्ति विशेषको स्वार्थसिद्धिका लागि जनतालाई उपभोक्ता बनाई शासन अवधिको बाँडफाँड तथा उपभोगका रुपमा अथ्र्याउने विसङ्गत प्रयास गणतान्त्रिक मुलुकका लागि हानिकार हुने उनको जिकिर थियो । “यो जनताको सार्वभौम अधिकार हो, जसलाई निर्वाचनमार्फत जनताले अभ्यास गर्दछन्”, प्रधानमन्त्रीको भनाइ थियो ।”
“प्रधानमन्त्री ओलीले खासगरी राष्ट्रिय समस्या, महामारी जस्ता सङ्कट, राष्ट्रिय सीमाभन्दा बाहिरका विश्वव्यापी समस्याको संयुक्त प्रयासबाट सामना गर्नुपर्नेमा जोड दिए ।”
“जनताको जीवन रक्षामा सरकारको ध्यान
प्रधानमन्त्री ओलीले उल्लासको चाड भए पनि कोभिड–१९ का कारण खुशीका साथ गणतन्त्र दिवस मनाउन नपाएकामा दुःख व्यक्त गरे । कोरोना महामारीविरुद्धको कठिन सङ्घर्षमा मुलुक होमिएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले अहिलेको पुस्ताले भोग्नु परेको सर्वाधिक ठूलो चुनौतीबाट जनताको जीवन रक्षा गर्न कुनै पनि सम्भव प्रयास बाँकी नराखिने स्पष्ट पारे ।”
“प्रधानमन्त्री ओलीले अकस्मात आएको महामारीको सामना गर्न संसारका कुनै पनि राष्ट्र पूर्वतयारीमा नभएको सन्दर्भमा शून्य अवस्थाको स्वास्थ्य संरचना र पूर्वाधारबाट सङ्कटसँग जुध्नुपरेको स्मरण गराए । कतिपय सम्पन्न मुलुकले निःशुल्क स्वास्थ्य सेवा दिन नसकिरहेको अवस्थामा सरकारले अधिकांश सङ्क्रमित र बिरामीको निःशुल्क उपचार र खोप अभियानलाई निरन्तरता दिइरहेको उल्लेख गरे ।”
“आगामी निर्वाचन अगाडि नै सबै जनतालाई खोप उपलब्ध गराउने प्रयासमा जुटेका छौँ”, प्रधानमन्त्री ओलीले थपे, “क्षमतालाई भरपुर प्रयोग गर्दै अघि बढेकाले कोभिडविरुद्धको लडाइँमा सक्षम हुने छौँ भन्ने विश्वास दिलाउँछु ।”रासस”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)