महन्त ठाकुर भन्छन रास्ट्रपति निवासमा एक कप चिया मात्रा पिएर आए।
2021, May 21st, Friday

admin

जनता समाजवादी पार्टी का अध्यक्ष महन्थ ठाकुरले बिहीबार राति राष्ट्रपति निवासमा चिया खान मात्रै गएको दाबी गरेका छन् ।
बिहान जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकारहरुसँगको कुराकानीमा ठाकुरले बिहीबार राति
शुक्रबार बिहान जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकारहरुसँगको कुराकानीमा ठाकुरले बिहीबार राति राष्ट्रपति निवासमा राजनीतिक विषयमा छलफल नभएको बताएका हुन् । बिहीबार अबेर राति प्रधानमन्त्री केपी शर्मा ओली, जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए ।
ठाकुरले भेटघाट भएको स्वीकार गर्दै भने, ‘भेटघाट भएको छ राति । चिया खान गएको थिएँ । एक कप चिया खाएँ फिर्ता भएँ । स्वास्थ्य कस्तो छ भनेर सोध्नुभयो. ठीक छ भनेँ । अहिले कोरोनाकै चिन्ता छ ।’
त्यस्तै ठाकुरले उपेन्द्र यादव समूहसँग पनि छलफल भइरहेको बताए । ‘छलफल भइरहेको छ । हामी निकास दिन्छौं । उपेन्द्र यादवसहित पनि बस्छौँ,’ उनले भने । ठाकुरले आफूलाई अहिलेसम्म कतैबाट प्रधानमन्त्रीको प्रस्ताव नआएको पनि बताए ।

तपाईको प्रतिक्रिया