admin 546 Views
भिडियो तलको समाचारको अन्त्यमा छ । अस्पताल लगिदेउ भन्दाभन्दै बिचरा बिरामीले ट्याक्टर मै गुमाउनु पर्यो ज्यान
लगातार ज्वरो आएपछि १५ वैशाखमा चितवनको पुरानो मेडिकल कलेजमा उपचार गर्न गएका पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ का ६८ वर्षीय पुरुष सामान्य उपचारपछि पिसिआर परीक्षणका लागि स्वाब दिएर फर्किए ।घर फर्किएको दुई दिनपछि पजिटिभ रिपोर्ट मोबाइलको म्यासेजमा आयो ।
लगत्तै उनका परिवारले सम्बन्धित वडा अर्थात् देवचुली–१३ का वडाध्यक्ष क्या. दिलबहादुर खत्रीलाई खबर गरे । वडाध्यक्षले अघिल्लोपटक झैँ स्वास्थ्य कार्यालयलाई स्वतः जानकारी हुन्छ भनेर वा’स्ता गरेनन् ।बिस्तारै बि’रामीलाई संक्रमणले च्याप्दै गयो । २० वैशाखको बिहानसम्म आफैँ खाना खाएका उनलाई दिउँसो एक्कासि श्वासप्रश्वासमा समस्या देखियो ।
उनका छोरा शंकर काफ्लेले अस्पतालसम्म लैजान हा’रगु’हार मागे, तर कोही तयार भएनन् ।पाँच बेडको अक्सिजनसहितको आ’इसोलेसन बेड रहेको प्रस्तावित देवचुली नगर अस्पताल अर्थात् दुम्कौली प्राथमिक स्वास्थ्य चौ’की उनको घरबाट करिब डेढ किलोमिटर पर थियो ।
‘बुबा पी’डामा छ’ट्पटाइरहनुभएको थियो । मलाई अस्पताल लैदिनु भन्दै हुनुहुन्थ्यो, तर कोही तयार भएनन्,’ उनले भने ।देवचुली नगरपालिकाभित्र १० वटा एम्बुलेन्स छ ।बि’रामीको अवस्था ग’म्भीर हुँदै गएको थाहा पाएपछि वडाध्यक्ष खत्री आए ।नगर पालिकाका स्वास्थ्यकर्मी सिनियर अहेव शिव पराजुली, पिताम्बर भुर्तेल पनि आए ।
गाउँका धेरै मानिस जम्मा भए, तर संक्रमितलाई डेढ किलोमिटर परको अस्पताल पुर्याउन न त ए’म्बुलेन्स तयार भए, न त छि’मेकीले कार वा अटो नै दिए । समय बि’त्दै गयो, संक्रमित मृ’त्युसँग ल’ड्दै थिए । बि’रामीको अवस्था झ’न्झन् ना’जुक हुँदै गयो ।
मोटरसाइकलमा लैजान तयार भए पनि संक्रमण फैलने ड’रले त्यहाँ रहेका मानिसले मोटरसाइकलमा बोक्न दिएनन् ।‘मोटरसाइकल वा ह्वि’लचियरमा भए पनि लैजान्छौँ भनेँ, तर कसैले लैजान दिएनन् । अन्ततः ट्याक्टरमा भए पनि हालियो, तर अस्पताल पुग्दा चिकित्सकले मृ’त घोषणा गरे ।’
काफ्लेले भने, ‘आज हामीलाई यस्तो भयो । भोलि अरूलाई नहोला भन्न सकिन्न । बिरामीलाई ट्याक्टरमा हाल्न कोही पनि तयार भएनन्, सबै रमिते भएर बसे ।’मृ’तक परिवारका चारजना घरमै छु’टाछुटै आइसोलेसनमा छन् । कोही कि’रियामा बसेका छन् । कि’रियामा ब’स्नु नपर्ने होम आइसोलेसनमा छन् ।
‘बस्न खान त स’मस्या छैन, तर हाम्रो घरमा कसैलाई आउन दिइएको छैन,’ शंकरले भने ।देवचुली नगरपालिकाकी उपप्रमुख पार्वता तिवारीले संक्रमित परिवारले वेलैमा वडाध्यक्षलाई जानकारी गराए पनि वडाध्यक्षले पहिलाझैँ स्वास्थ्य कार्यालयलाई सोझै जानकारी हुन्छ भन्ने सोचेर प’हलकदमी नलिँदा यस्तो परिस्थिति सिर्जना भएको बताइन् ।
वडाध्यक्ष खत्री भन्छन्– मैले बि’रामीलाई हातले छुन सकिनँ-देवचुली–१३ का ६८ वर्षीय पुरुष मृ’त्युश’ड्ढयामा छ’टपटिरहँदा देवचुली नगरपालिका–१३ का वडाध्यक्ष क्या.डिलबहादुर खत्री उनकै घर पुगेका थिए । बि’रामीलाई सा’स फे’र्न गाह्रो भएको थाहा पाउनासाथ अस्पताल लैजान एम्बुलेन्सलाई फोन गरेँ, तर कुनै एम्बुलेन्स वेलैमा आइपुगेनन् ।
वडाध्यक्ष खत्री भन्छन्, ‘कोही कता कोही कता छु भनेर जिल्लाबाहिर भएको जानकारी गराए, एउटा एम्बुलेन्स आएको थियो । ऊ आफ्नोमा संक्रमित बोक्न मिल्ने क्याबिन छैन भनेर बीचबाटोबाटै फर्कियो । निकै क’ष्टकर थियो त्यो समय । म पनि त्यहीँ थिएँ, तर बि’रामीलाई ट्याक्टरमा हाल्ने वेला छुने, उचाल्ने, सघाउने आँट गर्न सकिनँ ।’
स्वास्थ्यकर्मी भन्छन्– ग’म्भीर भएको थाहा पाए पिपिई लाएर आउँथ्यौँ-देवचुलीका संक्रमितका बारेमा उनका परिवारले वडाध्यक्षलाई वेलैमा जानकारी गराए पनि स्वास्थ्यकर्मीले भने सोमबार मात्र थाहा पाएको बताए । बि’रामीलाई अस्पताल लैजान साधन नपाएर छ’टपटिरहेका वेला घ’टनास्थलमा रहेका दुई स्वास्थ्यकर्मीले आफूहरूले पि’पिई नलगाई गएका कारण कुनै सहयोग गर्न नसकेको बताए ।
घ’टनास्थलमा भेटिएका सि’नियर अहेव शिव पराजुलीले भने, ‘मैले आधा बोतल पानी पनि उठाउन सक्दिनँ अनि तेत्रो मान्छे कहाँ उठाउन सक्छु । संक्रमित भएको थाहा पाएर खोज्दै गएका थियौँ, ग’म्भीर भन्ने थाहा पाएको भए पिपिई लगाएर जाने थियौँ । संक्रमितको कोभिडका कारणभन्दा पनि मुटुको समस्याका कारण नि’धन भएको हुनुपर्छ । उनको अवस्था बिहानसम्म ठीक रहेछ । ह’र्टअट्याकका कारण तत्काल ज्यान गएको हुन सक्छ ।’
दिनभर देवचुली तनावग्रस्त-को’भिडको व्यवस्थापनमा नगरपालिकाले चरम ला’परबाही गरेको, ग’म्भीर नभएको भन्दै दिनभर देवचुली त’नावग्र’स्त बन्यो । स्थानीय बासिन्दा तथा राजनीतिक अ’गुवाहरूले देवचुली नगर प्रमुख, उपप्रमुखको कार्यकक्षमा ताला लगाइदिए । नगर प्रमुख उपप्रमुखले प्रयोग गरेको सरकारी साधन प्रयोग गर्नसमेत रो’क लगाएर नियन्त्रणमा लिए ।
घ’टनाबाट आ’लोचित बनेपछि नगरपालिकाभित्र रहेका १० वटै एम्बुलेन्सचालकलाई बो’लाएर हाई अ’लर्टमा राखेको नगरपालिकाले जनाएको छ । ‘कम्तीमा एउटा एम्बुलेन्स संक्रमितलाई बो’क्न नगरपालिकाभित्रै रहने गरी तय गरिएको छ भने अन्य प्रकारका ग’म्भीर बि’रामीलाई बो’क्न अर्कोलाई तयारी अवस्थामा राखिएको छ,’ नगर उपप्रमुख पार्वता तिवारीले भनिन् ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केवश चापागाईले सोमबारको घ’टना दुःखद र ग’म्भीर भएको बताए । उनले भने, ‘यो स्वास्थ्यमाथिको ग’म्भीर ला’परबाही हो । त्यस्तो घटना नहुनुपर्ने थियो भयो, तर अब सबै ग’म्भीर भएर लाग्नुपर्छ । यो सबैलाई पर्ने घ’टना हो ।’
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)