डा. सन्दुक रुइतले बेलायती अर्बपतिसँग मिलेर विश्वका १० लाख मानिसको मोतीबिन्दु शल्यक्रिया गरेर अन्धोपन हटाउदै, हेर्नुहोस यस्तो छ उहाँको योजना
2021, April 22nd, Thursday

admin

डा. सन्दुक रुइतले बेलायती अर्बपतिसँग मिलेर विश्वका १० लाख मानिसको मोतीबिन्दु शल्यक्रिया गरेर अन्धोपन हटाउदै, हेर्नुहोस यस्तो छ उहाँको योजना

काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक डा। सन्दुक रुइतले बेलायती अर्बपति तेज कोहलीसँगको सहकार्यमा विश्वका १६ भन्दा बढी मुलुकमा अन्धोपन हटाउन काम गर्ने भएका छन् । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमबीच डा। सन्दुक रुइत–तेज कोहली फाउन्डेसन घोषणा गरिएको छ । फाउन्डेसनले नेपालसहित भारत, इन्डोनेसिया, म्यानमार, बंगलादेश, उत्तर कोरिया, अफगानिस्तान, रुवान्डा, तान्जानिया, लेबनान, भुटान, इराक, घाना, इथियोपिया, कम्बोडिया,

काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक डा। सन्दुक रुइतले बेलायती अर्बपति तेज कोहलीसँगको सहकार्यमा विश्वका १६ भन्दा बढी मुलुकमा अन्धोपन हटाउन काम गर्ने भएका छन् । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमबीच डा। सन्दुक रुइत–तेज कोहली फाउन्डेसन घोषणा गरिएको छ । फाउन्डेसनले नेपालसहित भारत, इन्डोनेसिया, म्यानमार, बंगलादेश, उत्तर कोरिया, अफगानिस्तान, रुवान्डा, तान्जानिया, लेबनान, भुटान, इराक, घाना, इथियोपिया, कम्बोडिया, सिरियालगायत मुलुकमा अन्धोपन निवारणका लागि काम गर्ने रुइतले जानकारी दिए ।

‘हामीले उपलब्ध गराउने सेवा विश्वका धेरै नागरिकको पहुँचमा पुर्‍याउन आवश्यक छ,’ रुइतले भने, ‘कोहलीसँगको सहकार्यमा हामीसँग यसका लागि आवश्यक विशेषज्ञता मात्रै होइन, स्रोत र उत्साह पनि हुनेछ ।

’बेलायती परोपकारी अर्बपति तेज कोहलीले पनि विगतदेखि नै अन्धोपन हटाउने अभियानमा काम गरिरहेका छन् । नयाँ पत्रिकामा खबर छ ।

डा. रुइतसँगको सहकार्यमा मोतीबिन्दुबाट दृष्टिविहीन बनेका विश्वभरका १० लाख मानिसलाई सेवा पुर्‍याउने लक्ष्य राखिएको कोहलीले बताए । ‘कसैलाई पुनर्दृष्टि दिनु उसलाई दोस्रो जीवन प्रदान गर्नुबराबर हो, जसले उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउँछ, परिवारको हेरचाह गर्न सक्ने तुल्याउँछ,’ कोहलीले भिडियो सन्देशमा भने ।

तपाईको प्रतिक्रिया