मन्दिरमा मागेर हुर्काएका छोराछोरीले घर भित्र पस्न नदिएपछी आमाको मन्दिरमै बाँस ! खुट्टाहरु कुहिएर झर्न थाले,यस्तो दिन कसैको नआओस(हेर्नुहोस भिडियो)
2021, April 22nd, Thursday

admin

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ ।हरेक कामको सुरुवात गर्नुअघि शिलाको पूजा गरेर शिलान्यास गरेको सबैतिर देखिन्छ । ठूलाठूला आयोजनाको शिलान्यासको त ठूलै समाचार पनि बन्छ । तर यो शिलान्यासमा पूजा कसको गरिन्छ र यसको प्रतीक के हो ? भन्ने विषय खासै बाहिर आउँदैन ।

पहिले पञ्चशिलासँगै ब्रह्मा, विष्णु र रुद्रको पूजा गर्ने गरिन्छ । घर धेरै समयसम्म टिकोस् भनेर गरिने शिलान्यासको पूजामा पाँच किसिमका शिलाको प्रयोग गरिन्छ । हरेक दिशामा देवताको आराधना गरेर खराब वायुबाट दृष्टि जोगाउनको लागि गरिने शिलान्यासमा पाँच महाप्रेतको प्रतीक खडा गरिन्छ ।

हिजोआज इँटाको पूजा गरेर शिलान्यास गर्ने चलन पनि विकास भएको पाइन्छ । तर पाँच किसिमका शिलामा नै पञ्चमहाप्रेतलाई आह्वान गरेर सबै विघ्नकर्ता महाप्रेतलाई त्यही शिलाले थिचेर राखिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

शिलान्यासको समयमा शिलान्यास गर्ने यजमान निर्माणाधीन भूमिको आग्नेय दिशामा खनिएको भूमिको पश्चिमपट्टि बस्ने गर्छन् । त्यसपछि सुरुहुन्छ विधिवत् शिलान्यासको काम । आचमन, प्राणायाम, स्वस्तिवाचन आदिसँगै विधिपूर्वक संकल्प गरेर शिलान्यासको सुरुवात गरिन्छ ।

मदनमोहन मिश्रका अनुसार शिलान्यासमा पूजा गरिने ५ किसिमका शिलाहरुमा नन्दा, भद्रा, जया, रिक्ता र पूर्णा हुन् । यिनीहरु पञ्चमहाप्रेतका प्रतीक पनि हुन् । यी पञ्चशीलाहरुमा छुट्टाछुट्टै चिह्नहरु लेख्नुपर्छ । जस्तो नन्दामा कमल, भद्रामा सिंहासन जयामा तोरण, रिक्तामा कछुवा र पूर्णामा चतुर्भुज विष्णुको चिह्न अंकित गर्नुपर्छ ।

शुभ मुहूर्तमा शिलान्यास गर्दा वास्तुशान्तिको स्मार्त कर्म र आगमोक्त कर्महरु गरिन्छ । जुन वास्तुशास्त्रमा उल्लेख पाइन्छ । स्मार्त कर्महरुको सम्बन्धमा आफ्नो शाखीय सूत्रानुसारको कृत्यहरु गर्नुपर्छ भन्ने मान्यता छ । यसमा कर्ताको शाखा कुन हो त्यसैको आधारमा विधान फरक हुन सक्छ । धेरै नेपालीहरु शुक्ल यजुर्वेद माध्यन्दिन शाखाको भएकोले धेरैको विधि मिल्न जान्छ ।

तसर्थ हाम्रो स्वशाखीय सूत्रमा ‘अर्थात् शालाकर्मः’ अब घर नभई गृहस्थका धर्मकर्म सफल नहुने भएकोले शिलान्यास अनिवार्य छ भन्ने मान्यता राखिने वास्तुशास्त्रको बारेमा बुद्धिसागर पराजुलीले प्राचीन नेपालमा लेखेको लेखमा उल्लेख छ ।

सामान्यतया घर दुई प्रकारबाट बनाइन्छ । पहिलो चार सुरमा चार खम्बा राखेर गरिन्छ । जसमा आरम्भमा शुभ मुहूर्तमा पूर्वाङ्ग कर्म गरिन्छ । अनि वास्तु पूजा हुन्छ, त्यसपछि ४ सुरमा खम्बा ४ खम्बा गाड्न र ४ खाडल खनिन्छन् । ती खाडललाई अवट भनिन्छ । ती ४ अवटमा विधान बमोजिम घ्युहरु राखिन्छ र त्यसमाथि खम्बा खडा गरिन्छ । ती खाडलमा बलिया ढुंगा राखी त्यसमाथि खम्बा खडा गर्ने काम गरिन्छ ।

यसमा चार सुरमा चार शिला राख्ने र घरको बीच भाग जहाँ मुला खाँबो राखिन्छ । त्यहाँ अर्काे एउटा शिला स्थापना गरेर पूजा गर्नुपर्ने हो । तर अहिले त्यो चलन कम हुँदै गएको छ । पहिले मुल खाँबो जगदेखि धुरीसम्म पुर्‍याउने गरिन्थ्यो ।

दोस्रो धवल गृह भन्ने हुन्छ । जसलाई नेपालीमा धौलेघर पनि भनिन्छ । धौलेघर बनाउनु छ भने खातारम्भको समयमा जग खनी ती अवटहरुमा पूर्ववत् होम गरी अवटैपिछे ठूला चेप्टा बलिया ढुंगा राख्ने गरिन्छ । यसैलाई शिलान्यास भनिन्छ । शिला अर्थात् ढुंगा र न्यास अर्थात् राख्ने काम नै शिलान्यास हो । शिलान्यास गर्दा भनिने मन्त्रको नेपालीकरण यस्तो हुन्छ ।
यो घरको आधार खम्बा वा आधार शिलालाई उठाउँछु र खडा गराउँछु । जुन आधार शिला घरको नाभी हो, धनको धारा हो, गाई भैंसी, हात्ती घोडा, सुन चाँदी, हिरा जुहार आदि धनको विस्तार केन्द्र हो । यसैका आधारमा स्थिर मजबुत घर बनाउँछु । जुन घर शान्त रमणीय देशमा हामीलाई सुख सौभाग्य प्राप्त गराउँदै निरन्तर स्थिर रहिरहोस् । ए घर तिमी घोडा गाईहरुले पूर्ण भई हाम्रो महान् सुख र सौभाग्यका लागि साँचो मीठो बोली बोल्दै खडा होऊ । ए घर तिम्रा आश्रयमा हाम्रा बच्चाहरु हर्षको उद्गार व्यक्त गर्दै खेलवाड गरून्, वटुकहरु वेदाध्यायन गरून् ।

ए घर तिमी सुरक्षाका स्वामी हौ । स्वरुपले ठूलो गुणले भलो छौ र तिमी गहना हौ । तसर्थ तिमी सौभाग्यशाली भै हामीलाई शक्ति र धन देऊ । जसरी रुख लहराहरु वसन्तमा सरस एवं पूर्ण हुन्छन् । त्यसरी नै तिमी घोडा गाईबाट पूर्ण भइरहू । म पनि यस घरमा रही पूर्णताको अनुभव गर्न पाऊँ ।’हेर्नुहोस आमाको दर्दनाक भिडियो…

तपाईको प्रतिक्रिया