पत्रकारहरुले गरेको प्रश्नको उत्तर दिन नसकेपछि थाइल्याण्डका प्रधानमन्त्रीले गरे अचम्मको हरकत ! अनुहारमा स्यानिटाइजर छर्किदिएपछी…जे भयो ! (भिडियो हेर्नुहोस्)
2021, April 2nd, Friday

admin

थाई प्रधानमन्त्री प्रायुथ चान–ओचाले आफैले पत्रकार सम्मेलनमा बोलाएका पत्रकारका अनुहारमा स्यानिटाइजर स्प्रे गरेका छन् । उनले आफ्नै पत्रकार सम्मेलनमा

सोधिएको एउटा जटिल प्रश्नको जवाफ पन्छाउने उद्देश्यले पत्रकारहरूमाथि अचानक स्यानिटाइजर छर्केका थिए । उनको यो अचानकको कदमलाई रमाइलो तर

आश्चर्यजनक परिस्थिति सिर्जना भनिएको छ । प्रायुथ हाल खाली रहेका मन्त्री पदहरूका सम्भावित उम्मेदवारको नाम सूचीबारे प्रश्न सोधिएपछि रिसाएका थिए ।

सात वर्ष अघिको जनप्रदर्शनमा सहभागी रहेको भन्दै गतसाता मात्र उनको सरकारमा रहेका तीनजना मन्त्रीलाई सजाय तोकिएको थियो । हाल अनलाइनमा

भाइरल भएको भिडियोमा प्रायुथले मन्चबाटै भनेका छन् , ‘अब केहि सोध्नु बाँकी छ? मन्त्रीहरु को को होलान् भन्ने मालाई थाहा छैन ।

यसबारे हेरको छैन । यो प्रधानमन्त्रीले सबैभन्दा पहिले थाहा हुनुपर्ने कुरा हैन र?’ यति भनिसकेपछि उनले स्यानिटाइजरको एउटा सानो बोटल उठाएको

र पत्रकारहरूतर्फ हिंड्दै सबैमाथि स्यानिटाइजर छर्केको देखिन्छ । त्यतिबेला उनी एक हातले आफ्नो अनुहारको मास्क सम्हाल्न व्यस्त देखिन्थे ।

तपाईको प्रतिक्रिया