चियावाली सृष्टि तामाङ भाइरल हुनुको कारण यस्तो रहेछ, फोटो खिच्ने दाइ आए मोडिया मा, सृष्टि तामाङको बारेमायस्तो भन्छन् ( हेर्नुहोस भिडियो)
2021, March 24th, Wednesday

admin

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ । सोलुखुम्बु प्रहरीले महाकुलुङ गाउँपालिका-२ का ७६ वर्षीय जगतबहादुर राई, ‍वडा ३ का ५७ वर्षीय मित्रधन राई र ५६ वर्षीय कविरशंखर राईलाई पक्राउ गरेको हो।

उनीहरूबाट प्रहरीले ७ वटा रेडपाण्डाको छाला बरामद गरेको छ।

त्यस्तै, रेडपाण्डा मार्न प्रयोग गरिने ५ वटा पासो समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) कवित कटवालले जानकारी दिए।

प्रहरीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूले धेरै समयअघि देखि नै रेडपाण्डाको सिकार गरी तस्करी गर्ने गर्थे।

प्रहरीले सोलुखुम्बुको हिमाली भेगस्थित राष्ट्रिय निकुञ्ज क्षेत्रबाट वन्यजन्तुको सिकारी तथा तस्करी भइरहेको भन्ने सूचना पाएको थियो।

सूचना पाएपछि जिल्लाबाट प्रहरीले चैत ४ गते नै प्रहरी निरीक्षक मन्दिप चौहानको नेतृत्वमा विशेष टोली खटिएको थियो।

सगरमाथा राष्ट्रिय निकुञ्ज र मकालु वरूण राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी निकासी भइरहेको हल्ला चलेपछि विशेष टोली खटाएको डिएसपी कटवालले बताए।

‘तस्करी हुन्छ भन्ने हल्ला चलिरहेको थियो। माथिल्लो भेगमा एउटा शेर्पाहरूको बस्ती छ। उनीहरूले आफ्नो धर्मको कारण मार्न नमिल्ने भन्ने विश्वास रहेछ,’ डिएसपी कटवालले भने,’ त्यही क्षेत्रको महाकुलुङ भन्ने ठाउँमा राई बस्ती छ। त्यहाँबाट तस्करी हुन्छ भन्ने थाहा पाएपछि हामीले व्यापक निगरानी बढायौं।’

त्यसपछि प्रहरीले सूचना पायो- महाकुलुङका जगतबहादुर राई तस्करीमा संलग्न छन्। तत्कालै प्रहरीले उनलाई नियन्त्रणमा लियो।

उनीबाट तीन वटा रेडपाण्डाको छाला पनि प्रहरीले बरामद गर्‍यो।

उनीमाथि सोधपुछपछि कविरशंकर राईसम्म प्रहरी पुग्यो। उनले पनि ती छाला मित्रधन राईबाट लिने कुरा खुलेपछि तीनै जनालाई प्रहरीले नियन्त्रणमा लियो।

डिएसपी कटवालका अनुसार मित्रधन राई सिकारी हुन्। उनले जंगलमा मोटरसाइकलको चेन प्रयोग गरी पासो थाप्थे। पासोमा परेपछि लठ्ठीले हिर्काएर मार्थे।

सिकारी मित्रधन मुख्य मान्छे रहेछ। उनले कविरशंकरलाई दिँदो रहेछ, उनले फेरि जगतबहादुरलाई दिने रहेछ,’ कटवालले भने,’जगतबहादुरले अरू एजेन्टहरूलाई बेच्ने रहेछ।’

उनीहरूको कारोबार भने रातिको समयमा मात्रै हुन्थ्यो। त्यसरी एक जनाले एउटामात्रै काम गरेर आफ्नो विश्वासिलो पात्रहरूसँग मात्रै भेट्ने उनीहरूको नियमजस्तै भएको डिएसपी कटवाल बताउँछन्।

प्रहरीका अनुसार जगतबहादुर धार्मिक व्यक्ति पनि हुन्। उनी किरात धर्मलाई मान्ने गर्छन्।

‘उनीहरूको रूपलाई हेर्दा यस्तो तस्करीमा लाग्ने खालका देखिन्न। जगतबहादुर एकदमै धार्मिक मान्छे रहेछ। किरात धर्मलाई मान्ने किरात धर्मलाई पुकार्ने,’ उनले भने,’ रेडपाण्डा कसैलाई दिनुभन्दा अगाडि भगवानलाई उनले तीनचोटि ढोग्दा रहेछन्। यसलाई ढोग्नुपर्छ। दिउँसो चलखेल गर्‍यो भने पुलिसले समात्छ राति गर्नुपर्छ भन्दो रहेछन्।’

उनीहरूले ती रेडपाण्डा किमाथाङ्का नाकाबाट चीन र म्यानमारमा बेच्ने गरेको उनले बताए।

‘रेडपाण्डा दुर्लभ जन्तु हो। उनीहरूले सौन्दर्य र औषधिको लागि प्रयोग गर्ने पनि बुझियो,’ उनले भने,’उनीहरूले चाहिँ सुरूमा होलसेलमा जसरी ५०-६० हजारमै बेच्ने अनि माथिसम्म पुग्दा यो २ लाखदेखि ६ लाखसम्ममा विक्री गर्ने गरिएको बुझियो।’

अहिले यससम्बन्धी थप अनुसन्धान गर्न मकालु वरूण राष्ट्रिय निकुञ्ज संखुवासभाबाट अनुसन्धान अधिकृत आउँदै गरेको उनले बताए।

उनीहरूमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२१ को दफा २६ को १ अनुसार पाँच लाख रुपैयाँदेखि दस लाख रुपैयाँसम्म जरिवाना हुनसक्छ।

त्यस्तै पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुबै सजाय हुनसक्छ।

तपाईको प्रतिक्रिया