नायिका, विपना थापाले ऋषी धमलालाई भनिन्, ‘मलाई कुटौंला झै गरी नसोध्नुस्, सिमा अतिक्रमण भएको विषयमा मैले, मुख्य ठाउँमै, कुरा उठाएकी छु’ (भिडियो हेर्नुस्)
2021, March 24th, Wednesday

admin

काठमाडौ । अभिनेत्री विपना थापा अहिले माइती देश नेपालमा छन् । उनी फिल्मी कार्यक्रमका लागि नेपाल आएकी हुन् । भारतीय नागरिकसंग विवाह गरेपछि उनी उतै ब्यस्त भएकी छन् । तर बेलाबेलामा उनी नेपाल आइरहन्छिन् । उनले, चाडै नै फिल्ममा फर्कने बताएका खबर आइरहेका छन् । उनी दुई वर्ष पछि फेरी नेपाल आएकी हुन् । उनी विवाह गरेर गएको १३ वर्ष भयो । तर बारम्बार नेपाल आइरहने बताउने विपना नेपालको माया निकै लाग्ने बताइन् ।”

“विपना कुनै जमानामा नेपाली फिल्ममा चलेकी अभिनेत्री हुन् । विपनासँगै फिल्ममा काम गरेका राजेश हमाल, भूवन केसी अहिले पनि सक्रिय छन् । तर, विपना भने बिहे गरेर भारतमा रहँदै आएकी छिन् । निरुता जस्तै विपनाको पनि कमब्याकको आशा छ । उनले आफ्नो भाग्यमा लेखेकै कारण होला भारतमा विवाह गर्नुपरेको बताइन् ।”

“पारिवारिक कर्तब्यका कारण भारतमा बस्नुपर्ने भएपनि नेपालको माया संधै रहने बताएकी छन् । उनले नेपालको सिमाना भारतले अतिक्रमण गरेको विषयमा आफुले पनि आवाज उठाएको बताएकी छन् । उनले धमलालाई भनिन्, नेपालीको अगाडी बोल्नुपर्ने थिएन तर जसको अगाडी बोल्नुपर्ने हो उनीहरुसं मैले बोलेको छु । म राजनीतिक पृष्ठभूमीको ब्यक्ति भएका कारण पनि मैले कुरा उठाएको छु ।”

“उनले यो विषय सामाजिक सञ्जालमा बोलेर भाइरल भने हुन नखोजेको बताइन् । नायीका विपनाले ऋषी धमलाको प्रश्न सोध्ने शैलीको आलोचना गर्दै भनिन्, पि टौं ला झै गरेर नबोल्नुस् ऋषी जी । एक नेपाली चेली र कलाकार भएका कारण पनि उनले नेपालकै इज्जतका लागि भारतमा आफ्नो घर ब्यवहार धानेर बसेको बताएकी छन् । उनले नेपाल र भारतको संस्कृती धेरै मिल्दोजुल्दो भएको बताइन् ।”

तपाईको प्रतिक्रिया