रामकुमारी झाँक्री रिहा भएपछी यसो भनिन् ! हेर्नुहोस
2021, February 11th, Thursday

admin

प्रचण्ड- नेपाल नेतृत्वको नेकपाकी नेता रामकुमारी झाँक्री रिहा भएकी छन्।

महानगरीय अपराध महाशाखाले उनलाई सोधपुछ गरी छाडेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए।

श्रीमान पशुपति पुरीको रोहवरमा उनलाई छाडिएको प्रहरीले जनाएको छ।

सोधपुछको क्रममा उनले संवैधानिक राष्ट्रपतिप्रतिको सम्मान हिजो, आज र भोलि पनि उत्तिकै रहने बताएकी थिइन्।

‘संवैधानिक राष्ट्रपतिप्रतिको सम्मान हिजो, आज र भोलि उत्तिकै रहनेछ। यो चाहिँ नेपालको प्रचलित कानुनको पालना गरेर अभिव्यक्ति स्वतन्त्रताको हत, राजनीतिक स्वतन्त्रताको हक प्रयोग गरेर मात्रै बोलेकी हुँ। अरू केही गरेको होइन,’झाँक्रीको बयान उदृत गर्दै एसएसपी थापाले भने।

बयानपछि हामीले उहाँलाई राखिराख्ने कुरा भएन। मुद्दा चलाउनु पर्ने आवश्यकता रहेन त्यही भएर हामीले छोड्यौं,’उनले भने।

प्रहरीले राज्यविरूद्धको कसूर गरेको आरोपमा झाँक्रीलाई बिहीबार मध्यान्ह पक्राउ गरेको थियो। झाँक्रीले गोरखाको एउटा भाषणमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको आलोचना गरेकी थिइन्।

काठमाडौँ । नेकपा दाहाल-नेपाल समूहकी अध्यक्ष रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको अन्त्यको बेला आएको बताएकी छन्।

आफूलाई पक्राउ गर्न शंखमुलस्थित घरमै अपराध महाशाखाको टोली आइपुगेपछि उनले पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध फेरि कडा टिप्पणी गरिन् ।
उनले भनिन्, ‘तपाईंहरुलाई थाहै छ नि ! राष्ट्रपतिको भूमिकाप्रति कोही पनि सन्तुष्ट छैनन्। कानुनले नगर्नु भनेका बाहेक सबै काम गर्नुभएको छ उहाँले । हामी गणतान्त्रिक व्यवस्थाको पक्षमा छौँ । राजतन्त्रकालिन भद्दा अभ्यास गर्न लाग्दा मैले बोलेकी हुँ, बोलिरहन्छु।’

उनले भनिन्, ‘गणतन्त्रका प्रतीकले राजतन्त्रकालीन अभ्यास गरे । त्यसैको परिणाम हो अहिलेको घटना । युरोप अमेरिकाका राष्ट्रप्रमुखहरुको पनि त्यो खालको वैभव छैन। प्रधानमन्त्रीको एसिस्टेन्ट या मतियारका रुपमा राष्ट्रपतिले भूमिका खेलिन्। त्यही भएर विरोधमा उत्रिनुपरेको हो।’

झाँक्रीले ओली र भण्डारीको प्वाँख पलाएको बताइन्। ‘तानाशाहहरु ढल्नेबेला यस्तै हुन्छ, प्वाँख पलाउँछ यो त्यही भएको हो’, उनले थपिन्, ‘प्रधानमन्त्रीले प्रतिगमन गर्नुभयो । त्यसको मतियार राष्ट्रपति हुनुभयो भनेर त हामी सडकमा लडिरहेका छौँ नि, मैले बोलेको कुरा सानो कुरा हो । यसलाई ठूलो मुद्दा बनाइयो।’

आफ्नो घर बाहिर प्रहरी आउँदा यो व्यवस्था नै खोसिएको जस्तो लागेको झाँक्रीले बताइन्।

तपाईको प्रतिक्रिया