admin 450 Views
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीकै कारण देश अँध्यारो सुरुङतर्फ गएको दावी गरेका छन् । शुक्रबार ललितपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘कम्युनिस्ट पार्टीको एकतापछि देश बनाउने लक्ष्य थियो । तर, केपीको नियत जालझेल मात्रै रहेछ ।’
उनले सहि विचार र नेतृत्व भए सामन्तवाद पराजित गर्न सकिने भन्दै ‘नेतृत्वको विचार गलत हुँदा सबै बिग्रिएको’ बताए । उनले सात दशक लडेर ल्याएको संविधान र संघीयता ओलीका कारण नै संकटमा पुगेको दावी गरे ।देश अँध्यारो सुरुङमा गयो ओलीका कारण । वाम गठबन्धन गर्दा हामीले अहिलेको दिन आउला भन्ने सोचेका थिएनौँ’ प्रचण्डले भने, ‘संविधान र लोकतन्त्रको रक्षाका लागि जनतासँग जोडिएर आन्दोलनमा जानुको विकल्प छैन भनेर आन्दोलनमा गयांै ।’
यो पनि हेर्नुहोस काठमाडौं । नेकपा ओली पक्षले काठमाडौँको नारायणहिटी संग्राहलय अगाडि बृहद जनसभा गरेर प्रतिनिधिसभाको औचित्य पुष्टि गर्ने प्रयास गर्नुका साथै गणतन्त्र र संघीयताको पक्षमा आफूलाई उभ्याएको दावी गरेको छ ।
नेकपा ओली पक्षको वागमती प्रदेशस्तरीयसभालाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पार्टीका नेताहरु (प्रचण्ड–माधव) पक्षले नै सरकारलाई काम गर्न नदिएकाले प्रतिनिधिसभा विघटन गर्दै ताजा जनादेशका लागि निर्वाचनमा जाने घोषणा गरेको औचित्य पुष्टि गर्ने प्रयास गरे ।
प्रतिनिधिसभा भंग गर्ने सरकारको निर्णयलाई प्रतिगामी र असंवैधानिक भन्दै त्यसविरुद्ध सबै राजनीतिक दलहरु आन्दोलनमा उत्रिएका बेला प्रधानमन्त्री ओली र उनको पार्टीका नेताहरुले ओली नेतृत्वको नेकपा नै नेकपाको मुल पार्टी मात्रै नभएर देशकै मुल पार्टी भन्दै संघीयता र गणतन्त्रको रक्षा पनि यसैले गर्ने दावी गरे ।
सुन्ने गरी भनिदिनुस् चुनाव चाहियो’
सभामा उपस्थित संख्या देखेर हौसिएका प्रधानमन्त्री ओलीले ओलीले जनताका बीचमा जाने कि अस्थिरताका पक्षमा भनेर प्रश्न गरे । देश चुनावतर्फ गयो–गयो भन्दै ओलीले चुनावले कसको सरकार बन्ने भन्ने फैसला गर्ने बताए । ‘अब देश चुनावमा गयो–गयो, सरकार कसको बन्छ भन्ने फैसला चुनावले गर्छ’, प्रधानमन्त्री ओलीले चुनाव गर्दा देश संकटमा पर्छ भनेर षड्यन्त्र गरेको भन्दै जनताको चेतनास्तरमाथि उठेकाले कसैले लोकतन्त्र नमासिने बताए ।
लोकतन्त्रको भविश्य उज्जल छ । लोकतन्त्र सुदृढ छ’ ओलीले कसैले प्रतिगमन नसोचे हुन्छ भनेर चेतावनी दिए । ‘अस्थिरता होइन चुनावतर्फ जाउ म भन्छु । देशले सुन्नेगरी भनिदिनुस्, अस्थिरता होइन चुनाव चाहियो,’ ओलीले आफै नारा लगाए । उनले जनता के भन्छ ? भन्दै ‘अब सबैले सुन्यो होला’ भने उनले प्रचण्ड माधवहरुले निर्वाचन आयोगहरुलाई धम्की दिएको भन्दै आफुहरु त्यस्तो धम्की नदिने बताए । ‘उहाँहरुको जस्तो हामी धम्की दिँदैनौ । आग्रह गर्छौँ,’ ओलीको भनाइ छ।
केपी ओली हटाउनुपर्छ, देशलाई भड्खालोमा हाल्नुपर्छ भन्नुहुन्छ उहाँहरु । के त्यो स्थायित्व हो र ?,’ प्रश्न गर्दै उनले प्रचण्ड माधवहरुले व्यक्तिगत अहंकारका लागि संसद पुनर्स्थापनाको माग अघि सारेको बताए । उनले सरकार र पार्टीलाई काम गर्न नदिएको, फेरि पहिलेकै जस्तो समिकरणको जोरजामको राजनीति गर्न खोजेको भन्दै कामै गर्न नपाउने अवस्था भएपछि ताजा जनादेशमा जान संसद विघटन गर्नुपरेको दाबी गरे ।
‘हाम्रा बलमा संसदमा आएर हामीलाई काम गर्न नदिने त्यस प्रवृतिको जवाफ हामीले चुनावबाट खोज्नुपर्छ । भविश्य नयाँ पिढीको हो । कुनै नाटकबाजका पछि लागेर देशलाई बर्बाद पार्न दिनुहुँदैन’, ओलीको भनाइ छ । उनले जेष्ठ नागरिकहरुलाई पनि सम्बोधन गर्दै अहिलेको सरकारले जति छिटो काम गरेको थियो ?’ भनेर प्रश्न गरे । https://live54media.com/ बाट साभार गरीएको हो ।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)