admin 506 Views
भिडियो तलको समाचार,को अन्त्यमा राखिएको छ, कृपया पुरा, भिडियो हेर्नुहोला ।
धनुषा,माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा निर्वाचन आयोग अगाडि बढिसकेकाले निर्वाचन एक दिन पनि तलमाथि नसर्ने बताउनुभएको छ ।धनुषा, मिथिला नगरपालिका वडा नं ७ ढल्केवरमा सङ्घीय सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्मित नेपालको पहिलो ४०० केभी सबस्टेशन तथा विश्व बैंकको सहुलियतपूर्ण ऋण एवं नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको २२०-१३२ केभी सबस्टेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘प्रदेश नं २ मा वैशाख १७ गते नै चुनाव हुने भएकाले चुनावको तयारीमा लाग्न आह्वान गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सही, राम्रा र नयाँ कामको शुरुआत गर्नका लागि पुरानो परम्परा तोड्नुपर्ने बताउँदै पशुपतिनाथमा १४१ किलोको सुनको जलहरी हालिदिने भनेपछि परम्परा बिग्रने भयो भनेर केही मिडियाले समाचार लेखेकामा गुनासो गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “पशुपतिमा पहिले जस्तै चाँदीकै जलहरी हाल्नुपर्ने भनेर आएको गुनासो गर्नेसँग म प्रश्न गर्न चाहन्छु, तपाईंको बुवा किसान भएर हलो जोत्नुहुन्थ्यो, तपाईँ किन पत्रकार बन्नुभयो रु किसान नै भएर खेतीपाती गरेको भए पो परम्परा बाँच्थ्यो । मेरो बुवा पनि किसान हुनुहुन्थ्यो तर म प्रधानमन्त्री भएँ । त्यसैले नयाँ र राम्रा कामका लागि परम्परा भत्काउनुपर्छ ।”
प्रधानमन्त्री ओलीले तराई –मधेशमा केही समूहले आफूलाई मधेसविरोधी भनेर प्रचार गरिएकामा पनि आपत्ति व्यक्त गर्नुभयो । “केपी ओलीलाई मधेश विरोधी भनेर प्रचार गर्नेहरुले ती मधेशप्रेमी मधेशका गरीब, विपन्न दलित समुदायका डोम, चमार, दुसाध र खत्वेका बच्चाबच्चीलाई काखमा बोक्न सक्नुहुन्छ? सक्नुहुन्छ भने लु हेरौंँ त कत्तिको मधेशप्रेमीहरु हुनुहुँदोरहेछ ।”
प्रधानमन्त्रीले आफ्नो सरकारले तराई– मधेशमा बाटो, ढल र सिंचाइका आयोजना बनाएको बताउँदै खेतलाई सिंचित गर्न पहाड छेडेर कोशी ल्याइने जानकारी दिनुभयो । उहाँले पुराना दिन याद गर्दै भन्नुभयो, “यही ढल्केवरबाट जनकपुर पुग्नका लागि खाल्डाखुल्डी सडकबाट दुई घण्टा लाग्थ्यो भने अहिले जनकपुर–ढल्केबर ६ लेनको चिल्लो सडक बनेको छ । ” प्रधानमन्त्री ओलीले अब केही दिनपछि जनकपुर–जयनगर रेल सञ्चालन गर्नका लागि आफैँ आउने बताउँदै भन्नुभयो, “तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठकै पालामा खरीद गरिएका दुई वटा रेल भित्रिसकेकाले अब छिट्टै सञ्चालन हुने तयारी हुँदैछ ।’
प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले ढल्केवर सबस्टेसन हाल सञ्चालनमा रहेकामध्ये सबैभन्दा ठूलो भएको जानकारी दिनुभयो । सबस्टेसन जिआईएस प्रविधियुक्त स्वचालित छ । “पूर्वपश्चिम र ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन ढल्केवरमा चार्ज हुन्छ”, तिम्सिनाले भन्नुभयोे, “४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् पनि ढल्केवरमा चार्ज हुन्छ ।”
प्राधिकरणले सुख्खायाममा नेपालमा विद्युत् उत्पादन कम भएका अवस्थामा ढल्केवर स्टेशनमार्फत थप १०० मेगावाट विद्युत् ल्याउन सहज हुने बताएको छ । सात सय मेगावाटसम्म भारतबाट आयात गरिँदै आएकामा आवश्यक परे आठ सय मेगावाटसम्म विद्युत् आयात गर्न सकिने छ । चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी आएपछि आन्तरिकरूपमा खपत हुन नसकेको विद्युत् निर्यात गर्न पूर्वाधार तयार भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरण प्रसारण निर्देशनालयका अनुसार ढल्केवर–मुजफ्फपुर प्रसारण लाइनमार्फत भारतीय पक्षसँग भएको सम्झौताबमोजिम थप बिजुलीसमेत आयात गर्न सकिन्छ । यस्तै ढल्केवर– मुजफ्फपुर ४०० केभी प्रसारण लाइनबाट थप १०० मेगावाट बिजुली दिन भारत सहमत भएको छ ।
अब हेरौं उक्त भिडियो..
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)