निःशुल्क कोरोना खोप लाउन १० हजार लाग्यो खर्च ! यस्तो छ पुरा नालिवेली पढ्नुहोस
2021, February 2nd, Tuesday

admin

म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका–१ गुर्जाबाट पैदल तथा सवारीसाधनमा दुई दिनको यात्रा गरी स्थानीय महिला स्वयंसेविका विष्णुमाया छन्त्याल कोभिसिल्ड नामक खोप लाउन बेनी अस्पतालमा आइपुगिन् । जिल्लाको अति विकट तथा दुर्गम गाउँ गुर्जामा १८ वर्षदेखि महिला स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारी सम्हाल्दै आएकी छन्त्यालले कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सरकारले उपलब्ध गराएको खोप लगाउन पाउँदा निकै खुसी भइन् ।याे खबर नागरिक दैनकिमा छ ।

घरघरमा पुगेर विभिन्न खोप अभियानमा निम्तापत्र दिई खोप केन्द्रसम्म बालबालिकालाई जम्मा गर्ने गरेकी छन्त्यालले पहिलो चरणको खोपसँगै कोरोनासम्बन्धी विभिन्न जानकारी लिएर गएको बताइन् । छन्त्यालसँगै सदरमुकाम बेनीबाट करिब २६ कोष टाढा रहेको गुर्जा गाउँबाट कहालीलाग्दो उकालो भिरालो पहाडमा सकसपूर्ण यात्रापछि बेनीसम्म आइपुगेकी सुकमाया छन्त्याल, उमादेवी छन्त्याल, मनकुमारी छन्त्याल र सपना विकले समेत खोपको महत्वबारे र थप जानकारी लिए ।

कोभिसिल्ड पहिलो खोप बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले लगाएको समाचार सुनेपछि ढुक्क भएर आएको उनीहरूको भनाइ थियो । बिनापारिश्रमिक निःस्वार्थ भावले काम गर्ने गरेको अवस्थामा समुदायलाई कोरोनाको सन्देश र सावधानी अपनाउन घरघरमा धाइरहेको अवस्थामा खोप लगाएपछि थप सुरक्षित भएको एक दशकदेखि कार्यरत उमादेवीले बताइन् । ‘आउन–जान पाँच दिन लाग्छ, खर्च आफैं गरेर आएका छौं । यही मौकामा कोरोनाबाट जोगिन आवश्यक थप जानकारी लिएर जान्छौं,’ उनले भनिन् । गण्डकी छड्के बाट

यो पनि पढ्नुहोस…

‘तपाईलाई निर्वाचनमा धुलो चटाउन म नै काफी छु’! – नेत्री अन्जाना अधिकारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालकी नेतृ अञ्जना अधिकारीले नेकपाकै नेतृ रामकुमारी झाँक्रीलाई कडा चुनौति दिनुभएको छ ।

एभरेष्ट मिसनसँग कुरा गर्दै नेतृ अधिकारीले आगामी निर्वाचन कुन ठाउँबाट उठ्ने हो त्यो ठाउँ तय गर्न नेतृ झाँक्रीलाई आग्रह गर्दै उक्त निर्वाचन क्षेत्रमा आएर झाँक्रीविरुद्ध उठेर विशाल जनमतका साथ सानदार विजय हासिल गर्ने चुनौति दिनुभयो ।

जुन ठाउँमा झाँक्री उठ्ने हो त्यही ठाउँबाट टिकट लिएर झाँक्रीलाई निर्वाचनमा घुलो चटाउने समेत नेतृ अधिकारीले चुनौति दिनुभयो ।नेतृ झाँक्रीले गोरखामा आयोजित पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपाल समूहको एक कार्यक्रममा राष्ट्रिपति विद्यादेवी भण्डारीलाई निर्वाचनमा आउन चेतावनी दिनुभएको थियो ।

झाँक्रीले दिएको उक्त चेतावनीमा सामान्य कार्यकर्ताले राष्ट्रपति भण्डारीलाई निर्वाचनमा हराउने बताउनुभएको थियो । त्यस्तै झाँक्रीले राष्ट्रपति भण्डारीलाई महिलाहरुको नै इज्जत जाने गरी ‘महारानी’ जस्ता शब्दहरु प्रयोग गर्नुभएको थियो ।

उक्त कुरालाई काउण्टर गर्दै नेतृ अधिकारीले नेपाली कम्युनिष्ट आन्दोलन तथा इतिहासमा नेतृ झाँक्रीले कुन निर्वाचनमा विजय हासिल गर्नुभएको छ ? भनि प्रश्न समेत गर्नुभयो ।

कसैको टिका लगाएका भरमा जीवनको पहिलो पटक समानुपातीकमा सांसद बन्नुभएको नेतृ झाँक्रीले नेपाली महिला तथा नेपालकै इतिहासमा गरर्विलो तथा दरविलो वेटको रुपमा स्थापीत हुनभएका राष्ट्रपति भण्डारीमाथि लगाउनुभएको आरोप, दम्भ तथा शब्द नेतृ झाँक्रीलाई नेपाली कम्युनिष्टको एक सामान्य कार्यकर्ताको हैसित समेत नदेखाएको आक्रोस जनाउनुभयो ।

राष्ट्रपति भण्डारीले विगतका निर्वाचनमा कांग्रेसका प्रभावशाली नेतालाई समेत पराजित गरि सानदारका साथ निर्वाचित हुनुभएको तथ्य स्मरण गराउँदै निवर्तमान टिके सांसदले आफ्नो हैसियत विर्शिएर अभिव्यक्ति दिएको भन्दै आक्रोस जनाउनुभयो

तपाईको प्रतिक्रिया