प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अख्तियारमा पर्यो यस्तो उजुरी ! अब के होला ? हेर्नुहोस
2021, February 1st, Monday

admin

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीबाट विजयी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सामाजिक सुधार ऐनलाई चुनौती दिँदै तामझामसहित आफ्नो बिहेको प्रीति भोज गरेका छन् ।

संखुवासभा मूल घर काठमाडौं बस्दै आएकी २३ वर्षीया पूर्वमिस मंगोल तथा मोडल ज्याङ्मु शेपासँग ५० वर्षको उमेरमा ११ माघमा विवाह गरेका मुख्यमन्त्री शेरधन राईले शुक्रबार विराटनगरस्थित मनास्लु होटेलमा तामझामसहित प्रीतिभोज आयोजना गरेका थिए ।

प्रीतिभोजमा प्रदेश १ भरिका सिडिओ, प्रहरी, कार्यालय प्रमुखदेखि नेता, मन्त्री, सांसद, पत्रकार र शुभेच्छुकसहित करिब दुई हजारजना सहभागी थिए । मुख्यमन्त्री राईले कोरोना सं क्रमणकालमा तामझामसहित बिहेभोजको आयोजना गर्नु सामाजिक सुरक्षा ऐनको खिल्ली उडाएको सर्वसाधारणहरूले बताएका छन्।

मुख्यमन्त्रीको तमास बि रुद्द अख्तियार दुरुपयोग अ नु श न्धान आयोगमा उजुरी परेको श्रोतको भनाई छ। कोरोना रोकथाममा सर्वसाधारण नागरिक र कर्मचारीबाट चन्दा संकलन गरेका मुख्यमन्त्री राईले शाही शैलीमा बिहे गरेर समाजिक संस्कारलाई झन् खर्चिलो र भड्किलो बनाउन प्रेरित गरेको सर्वसाधारण बताउँछन् ।

मुख्यमन्त्री राई आफैँ पनि सदाचारी आचरण पालना गर्नुपर्ने कम्युनिस्ट पार्टीका नेतासमेत भएकाले उनको भड्किलो बिहेले सांस्कृतिक आचरणमा प्रश्न थपिएको छ । सामाजिक सुधार ऐनअनुसार ५० जनाभन्दा बढी जन्ती लगेर भड्किलो खर्च गरेर बिहे गर्न प्रतिबन्ध लगाइएको छ। आजको खबर बाट

यो पनि हेर्नुहोस…

बिराटनगरमा, प्रचण्ड माथि जुत्ता हानेको भन्दै भाइरल भएको तस्वीरको,वास्तविकता यस्तो रहेछ ! हेर्नुहोस ।
प्रचण्डको एक तस्वीर अहिले सामाजिक सञ्जालमा भा,इरल छ । तस्वीरसँगै लेखिएको क्याप्सनका कारण उक्त तस्वीर,भाइरल भएको हो । उक्त तस्वीर प्रचण्डलाई जुत्ता हा’नेको भन्दै सेयर गरिएको छ ।तर तस्वीरको बास्तविकता अर्कै भएको खुलेको छ । शुक्रबार प्रचण्ड बिराटनगरमा थिए । त्यहाँ उनले निर्धारित कार्यक्रम,लाई सम्बोधन गरे ।

“सम्बोधनपछि स्टेजबाट ओर्लदै गर्दाको तस्बिर सामाजिक सञ्जालमा राखेर ,जु,त्ता हा’नेको दाबी गरिएको छ, जुन बास्तविक, होइन ।प्रचण्डलाई जुत्ता हा’नेको होइन् । स्टेजबाट ओर्लनेक्रममा सुरक्षाकर्मीले उनलाई सहयोग गरेका थिए । स,हयोग, गर्दै गर्दाको तस्बिर सामाजिक सञ्जालमा राखेर हल्ला फिजाइएको हो ।

‘फलामको सिँढी सानो थियो, स्टेजबाट, ओर्लंदै गर्दा असहज हुन्छ भनेर सहयोग गरेका थियौं,’ कार्यक्रम स्थलबाट ओर्लंदै गर्दा प्रचण्डलाई सहयोग गरेका राष्ट्रिय युवा सङ्घका, स्थानीय, नेता आजाम परवेजले भने, ‘जुत्ता हानेको होइन ।’शुक्रबार प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट ,पार्टी नेकपा प्रचण्ड–माधव समूहको प्रदेश १ कमिटीले विराटनगरमा आयोजना गरेको विरोधसभालाई प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया